चक्र मल्ल
डोटी, १ असार- बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नं. ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटनामा परि सोही ठाउँका बुवा छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४० बर्षीय डबल पुन मगर र उनका १३ बर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्रक चालक श्यामलाल चौधरी प्रहरिको नियन्त्रणमा रहेकने ईलाका प्रहरि कायलय विपिनगरले जनाएको छ ।
घागलबाट धनगढी जादै गरेको उक्त मिनिट्रक सोमबार पौने एक बजे सुनालेक नजिक दुर्घटना भएको हो । पानि परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना हुँदा ट्रक सडकबाट एक सय मिटर तल खसेको छ । ट्रकमा सवार अन्य हाम फालेर बाच्न सफल भएका छन् ।