भोज मन्नी, मसुरिया २७ जेठ
पुर्वपश्चिम राजमार्ग कैलालीको सुखड मसुरियामा खण्डमा कार अनियन्त्रीत भई ठोक्दै हिडेपछि दुई जनाको मृत्यु भएको छ भने केही घाईते भएका छन् । मृत्यु हुनेमा घोडाघाडी नगरपालिका १ जनकपुर बस्ने २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीको रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिए ।
बा८च २१०० नम्बरको कारको मदिरा सेवन गरी अनियन्त्रीत तरिकाले सुखडमा दुर्घटना गरी भगेपछि मसुरिया प्रहरी चौकीले नियनत्रणमा लिएको थियो । प्रहरीले नियन्त्रण गर्ने समयमा कारको अघाडीको टाएर बिनानै गुडीरहेको प्रतक्षदर्शीले बताएका छन् ।
अनियन्त्रीत कारको ठक्करबाट घोडाघोडी नगरपालिका १० बस्ने ४५ बर्षिया डबल शाह र लम्की चुहा नगरपालिका १० बस्ने ४० बर्षिया जयन्द्र सुनार घाईते भएका छन । घाईते दुबै जनाको घोडाघोडी अस्पताल प्रा.लि.सुखडमा समान्य उपचार पछि काठमाण्डौँ रेफर गरिएको छ । कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।