धनगढी, २२ जेठ- मंगलेश्वर ट्रेड एण्ड मल्टी सप्लायर्स धनगढी–५ हसनपुरका संचालक चक्र बमले पञ्चोदय उच्च माविको क्वारेन्टाईनमा बसेकालाई खाद्य सामग्री सहयोग गरेका छन् । बमले बुधबार बिहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातली मार्फत क्वारेन्टाईनमा बसेका नागरिकलाई खाद्य सामग्री सहयोग गरेका हुन् ।
बमले क्वारेन्टाईनमा बसेका लागि सबैलाई जिरी मसिनो चामल २५ किलो, तेल ५ लिटर तेल, दाल ५ किलो , ग्यास १ सिलिन्डर, नुन ५ किलो, स्वायविन १०पाकेट, खुर्सानी धुलो १ किलो, धनियाको धुलो १ किलो, हल्दी १ किलो र भाडा धुने साबुन सहयोग गरेको मंगलेश्वर ट्रेड एण्ड मल्टी सप्लायर्स धनगढी–५ हसनपुरका संचालक चक्र बमले जानकारी दिए ।
क्वारेन्टाईनमा बसेका नागरिकलाई खाद्य सामग्रीको अभाव भन्ने खबर पाएपछि उनले उक्त सामग्री प्रदान गरेको बताएका छन् । मानविय सहायतको उदेश्यका साथ उनीहरुलाई आफ्नो खर्च कटाएर भएपनि थोरै सहयोग गरेको संचालक बमले जानकारी दिए ।