पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशाला मार्फत तीन सय ५ जनाको कोरोना परीक्षण गरिएको छ। तीन सय ५ जनाको कोरोना परीक्षण गर्दा आज ८ जना बाहेक अरु सबैको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
स्वाब संकलन गरेका एक हजार बढिको नमुना परीक्षण बाँकी रहेको छ। आज तीन सय ५ जनाको कोरोना परीक्षण भएसंगै सुदूरपश्चिममा अहिलेसम्म ६ हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएको छ। तीन हजार ८ सय ७१ जनाको प्रदेश प्रयोगशाला र दुई हजार तीन सय १६ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७ जनाको र्यापिड टेस्ट गरिएको छ। आज र्यापिड टेस्ट गर्दा गर्दा थप एक सय ११ जनामा एन्टीबडी देखाएको छ। प्रदेशभरी अहिले सम्म २४ हजार ९ सय ४० जनाको र्यापिड टेस्ट गर्दा दुई सय ९९ जनामा एन्टिबडी अर्थात पोजेटिभ देखाएको छ।
उनीहरुमध्ये अहिलेसम्म एक सय २ जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ। बाँकी एक सय ९७ जनाको भने पीसीआर मार्फत परीक्षणका लागि स्वाब संकलन गरिएको तर परीक्षण रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।