बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का प्रेमबहादुर चन्दले क्वारेन्टाइनमा बसेकाहरुलाई खशीभात सहयोग गरेका छन्।
पञ्चेश्वर गाउँपालिका ४ स्थित कैलपाल आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ५१ जनालाई सहयोग स्वरुप करिब २५ हजार बराबरको सहयोग गरेको क्वारेन्टाइनमा बसेका कमल सार्किले बताए।
चन्द हाल रोजगारीको शिलशिलामा मुम्बइमा रहेका छन्।