चक्र मल्ल,
बडिकेदार,डाेटी २० जेठ
सरकारले गरेको लगडाउनको पुर्ण पालन सगै सामाजिक दुरी कायम गदै बडीकेदार गाउँपालीका स्तरीय अनुगमन कार्यदल परियोजनाका प्रतिनिधि, सहयोगी संस्थाका प्रतिनिधि,पत्रकार र स्थानिय सरोकावालाहरुको सहभागीतामा अनुगमन गरीएको हो ।
बडीकेदार गाउँपालिका ,ग्रामीण जलसो्रत व्यबस्थापन परियोजना डोटीको आर्थिक तथा प्रविधि सहयोग र केदार गा्रमीण विकास समाज नेपालको सहजिकरणमा आर्थिक बर्ष २०७६÷०७७मा संचालित तथा सम्पन्न खानेपानी, सिचाई योजना सर–सफाईयोजना र घरवारी व्यबस्थापन क्रियाकलपहरुको अनुगमन सम्पन्न गरीएको हो ।
अनुगमन को क्रममा चोताडी सासड खनेपानी ,उदगडा जुगेपानी खानेपानी ,गुडगुडे ज्याउलेखोला खानेपानी र निङ्गला सिचाईकुलो को अनुगमन गरीएको हो। संगै सरसफाइ, ,आर्यआर्जन र घरवारी व्यबस्थापनको बारेमा जानकारी गराईएको छ । सो अनुगमन मा नेपालसरकार ले गरेको लगडाउन को पुर्ण पालना गर्दै सम्पन्न योजनाको अनुगमन गरी जनस्रतमा सरसफईको बारेमा छलफल सगै आयआर्यजन र घरवारीव्यबस्थापन मा सहभागीता गरउने मा जोड गरीएको साथै निर्माण सम्पन्न भएका योजनाहरु सहिसदुपयोग भएको बडीकेदार जलसो्रत अधिकृत तिलख मल्लले बताए । ।

सरसफाई ,घरवारी व्यबस्थापन र आर्यआर्जनमा राम्रो सिकाई भएको बडीकेदार गाउँपालीका उपाध्यक्ष ईन्द्रा बोहरा भाटले बताए। साथै खानेपानीयोजना र सिचाई योजना र्निमाण प्रक्रिया मा पनि मापदण्ड अनुरुप काम भएको बताए ।अनुगमनको सिलसिलामा स्थानीय समुदायमा मानीसलाई कोरोना भाईरस बाट जोगीन सरसफाईको बारेमा जनचेतनको बारेमा छलफल पनि गर्नु भएको थियो । आगामी दिनमा गाउँपालीका का अन्य बस्तीमा पनी योजना बनाउनु पर्ने र यसमा गाउँपालीका बाट सदैब सहयोग गरीने बताए।