• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेनाले ल्याएका सामग्रीमा पनि पीसीआर किट थोरै

"-सहयोगमा आएका पीसीआर किटकै भरमा परीक्षण -थप १ लाख ३२ हजार पीसीआर किट तथा १ लाख २१ हजार आरडीटी किट किन्ने प्रक्रिया अगाडि बढ्दै "

काठमाडौँ — नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको छ । संक्रमण तीव्र गतिले बढिरहेका बेला यी सामग्री मुलुकका स्वास्थ्य संस्थाको आवश्यकताको तुलनामा न्यून हो । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रस्थित उच्च स्रोतबाट प्राप्त तथ्यांकअनुसार सेनाले यसपटक ल्याएबराबर नै सामग्रीहरु अझै आउने बाँकी नै छ ।

चैत १६ को मन्त्रिपरिषद् बैठकको निर्देशनअनुसार सेनाले चीनबाट २ अर्ब २६ करोडमा २ सय ४३ टन स्वास्थ्य सामग्री खरिद गर्दा त्यसमा पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्री भने करिब ५७ हजार थान मात्रै रहेको खुलेको हो ।

स्रोतका अनुसार यी सबै सामग्री सेनाले समन्वय गरेर खरिद गरे पनि खरिद सूची भने सेनाले बनाएको होइन । ‘स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञहरुले सूची बनाउँदा नै पीसीआर परीक्षणका लागि आवश्यक सामग्री थोरै संख्यामा राखिएको देखियो,’ स्रोतले भन्यो, ‘सामान खरिद नै गरेपछि किन यति थोरै संख्या राखियो त्यो त सूची बनाउनेले मात्रै भन्न सक्ला ।’

यस्तै सेनाले पीसीआर किटका साथै चीनबाट विभिन्न ६९ वटा स्वास्थ्य सामग्री खरिद गर्नका लागि सम्झौता गरिसकेको छ । जसमध्ये दुईपटक हवाईमार्ग र एकपटक स्थलमार्ग गरेर लगभग ५४।९ टन सामग्री सेनाले नेपाल ल्याइसकेको छ ।

सेनाले तीन चरण गरेर देशमा ल्याएका अन्य सामग्रीमा १ लाख ८८ हजार ४ सय थान विभिन्न साइजका डिस्पोजेबल गाउन, १ लाख ४९ हजार ९ सय थान विभिन्न साइजका डिस्पोजेबल सुरक्षित लुगा, ७४ हजार ६ सय थान सामान्य गगल्स तथा पोलिकार्बोनेटयुक्त गगल्स ४७ हजार ७ सय थान छ । साथै विभिन्न आकारका डिस्पोजेबल पन्जा २६ लाख २७ हजार ३ सय थान, सर्जिकल मास्क २५ लाख ६ हजार २० थान, सुरक्षित मास्क २ लाख १२ हजार ४ सय थान छन् ।

यस्तै उच्च स्रोतका अनुसार चीनबाट डायलसिस गर्ने मेसिन ३० वटा, फगर मेसिन ३५ वटा तथा पल्स अक्सिमिटर २ सय वटासहित करिब ५० वटाभन्दा बढी सामग्री ल्याइसकेको छ । हालसम्म सेनाले यसरी विभिन्न तीन चरणमा गरेर ल्याएको सामग्री त्रिभुवन विमानस्थलस्थित ११ नम्बर बाहिनीकै वेयरहाउसभित्र राखेको छ ।

सहयोगमै प्राप्त पीसीआर किटले परीक्षण

सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा पीसीआर परीक्षण गर्ने सामग्रीको संख्या थोरै भए पनि हाललाई अभाव नरहेको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार त्यस्ता सामग्री ठूलो संख्यामा मौज्दात नरहे पनि समय समयमा डेलिभरी प्राप्त भइरहेकाले अभावै भने छैन ।

‘विभिन्न देशबाट सामानहरु प्राप्त भएको छ । साथै सामान खरिद प्रक्रिया पनि अगाडि बढेकै छ । त्यसैले अभाव नै होलाजस्तो त देखिन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘फेरि पनि अर्को १ लाख ३१ हजार जति पीसीआर किट किन्नका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।’

नेपाललाई पछिल्लोपटक चीन, भारत, स्विजरल्यान्ड तथा दक्षिण कोरियाबाट समेत केही हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट तथा रिएजेन्ट प्राप्त भएको थियो । सहयोगमा १ लाख बढीको संख्यामा त्यस्ता सामग्री प्राप्त भएको थियो ।

राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाले पनि पीसीआर परीक्षणका लागि अहिले सामग्री अभाव नभएको जनाएको छ । सामग्री अभाव भएर परीक्षण नै रोकिने अवस्था नभए पनि प्रयोगशालासम्बद्ध चिकित्सकहरू परीक्षणको दायरा बढाउनका ठूलै चुनौती देखिरहेका छन् ।

थप खरिदको तयारी 

सीसीएमसीस्थित उच्च स्रोतका अनुसार थप स्वास्थ्य सामग्री खरिद गर्नका लागि केन्द्रले प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले आगामी महिनाका लागि आवश्यक सामग्री भनेर खरिदका लागि बनाएको सूचीमा मेडिकल सामग्री १६ वटा, औषधि १ सय २ वटा, आईसीयूमा ५ सय जना बिरामीलाई १५ दिन राख्नका लागि आवश्यक ७० थरी सामग्रीहरुलगायत छन् ।

यसका साथै उक्त सूचीमा पीसीआर रिएजेन्ट, आरएनए एक्सट्र्याक्सन किट १ लाख ३२ हजार र भीटीएम १ लाख ४५ हजार २ सय थान, तथा पोर्टेबल पीसीआरका लागि आवश्यक रिएजेन्ट र आरएनए एक्सट्र्याक्सन किट १३ हजार २ सय वटा छन् । नयाँ खरिद सूचीमा पनि १ लाख २१ हजार थान आरडीटी किटलाई समावेश गरिएको छ ।

यस्तै राष्ट्रियस्तरको तयारीका लागि एन ९५ मास्क करिब ५२, ५६ लाख सर्जिकल मास्क, पन्जा २७ लाख, गगल्स ४ लाख, गाउन ४ लाख ७० हजार, ह्यान्ड सेनिटाइजर सानो बोतल ५ लाख थान ९विदेशबाट आउनेका लागि० तथा १ लाख बोतल ठूलो ह्यान्ड सेनिटाइजर छन् ।

संक्रमितहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै केन्द्रले यो सूची तयार पारेको हो । सूचीलाई उच्चस्तरीय समन्वय समितिले पास गरेर मन्त्रिपरिषद्मा लगिनेछ । मन्त्रिपरिषद्ले तय गरेको प्रक्रियाका आधारमा खरिदको काम अघि बढ्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ लाख जनाको पीसीआर परीक्षण गर्ने घोषणा गरेसँगै सीसीएमसीले थप १ लाख ३२ हजार थान पीसीआर किट तथा अन्य आवश्यक सामग्री पनि खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाए पनि पीसीआर मेसिन खरिद गर्न भने चासो देखाएको छैन ।

हाल मुलुकका २० ठाउँमा दैनिक सरदर २ हजार ५ सय वटासम्म पीसीआर नमुना परीक्षण हुने गरेको छ ।

मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.