धनगढी, १६ जेठ- भारतबाट स्वदेश फर्कीरहेका नेपालीका आफन्तलाई सम्पर्क गर्न सहज होस् भन्ने उदेश्यले सिमानामा रोयल कोलाबोरेटिभ्स धनगढीले नि शुल्क आकस्मिक फोन सेवा समेत सुरु गरेको छ ।
पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी छ । यता कैलालीको गौरीफन्टा नाकाबाट पनि हजारौँको सङ्ख्यामा स्वदेश आईरहेका छन् ।
विभिन्न दुस्ख कष्ट खेप्दै आएका उनीहरूलाई रोयल कोलाबोरेटिभ्स धनगढीले नि शुल्क आकस्मिक फोन सेवा समेत सुरु गरेको हो । भारतबाट आएका नेपालीहरूको लागि घरपरिवार र आफन्तजन सँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याएको रोयल कोलाबोरेटिभ्स धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताए । सो संस्थाले विगत ८ दिन देखि सिमाकामा अलपत्र रहेका यात्रुलाई निःशुल्क खाना पानी समेत दिँदै आएको छ ।
आज मात्रै निसर्ग अस्पताल प्रालिका सञ्चालक कुवेर ब. शाहीको जन्मदिनको अवसरमा एक हजार बढी मानिसका लागी खाद्यान्न सहयोग गरेको जनाएको छ । यस्तै प्राविधिक सहयोगकामा सो कार्यलाई धनगढी उपमहानगरपालिले पनि साथ लिई रहेको छ ।
‘सिमकार्ड नहुदा सिमा प्रवेश गर्ने यात्रुको सास्ती देखिरहदा घरपरिवार र आफन्तजन संग सम्पर्कका लागी यात्रुको सेवाको लागी निशुल्क आकस्मिक फोन सेवा पनि सुरु गरेका छौ’ रोयल कोलाबोरेटिभ्स धनगढीका अध्यक्ष शाहीले भने- ‘नेपाले-भारत सिमाका यात्रुको सेवाको लागी सिमा क्षेत्र डोकेबजारमा निस्शुल्क खाना पानी अभियान लाई निरन्तर रुपमा जारी राखेका छौं ।’