चक्र मल्ल
डोटी १६ जेठ- डोटीको बडीकेदार गाउँपालिकामा भारतबाट स्वदेश फर्किएका २ सय ६५ जना नागरीकलाई गाउँपालीकामा ७ वटा क्वारेन्टाइनमा राखिएको छ । नेपाल र भारतको बिचमा पर्ने गौरी फन्डा नाका बाट बसको माध्यम बाट गाउँपालीका मा ल्यायर क्वारेन्टाइनमा राखिएको गाउँपालीका का अध्यक्ष कृष्ण बहादुर चन्दले जानकारी दिए । साथै भारत बाट नेपाल आउने क्रम जारी छ । आउने सबैलाई गाउँपालीका मा ल्यायर क्वारेन्टाईन मा राख्ने बताए ।
भारतमा रेलसेवा संचालन भएपछि रोजगारीको शील्शीलामा भारतमा गएका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । बिहिबार बडीकेदार गाउँपालिकाका ६१ जना भन्दा बढी कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गरीयको छ । गाउँपालिकाले सिमा क्षेत्रबाट बसको व्यवस्था गरि गाउँपालिका सम्म लगेर क्वारेन्टाइनमा राख्दैछ । क्वारेन्टाइनमा गर्नुपर्ने सबै खानपीनको र बस्नको को व्यवस्था गाउँपालिकाले गरेको छ । भारतबाट गाउँ फर्किनेको संख्या बढेसँगै स्थानीयसरकाले मात्रै क्वारेन्टाइनको भार थेग्न नसक्ने अध्यक्ष चन्दले बताए ।
प्रदेश सरकार र संघीय सरकारलाई पनि क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । अध्यक्ष चन्दले भने, “संघीय सरकारले समयमै पीसीआर आर डी टी कोमाध्यमबाट परीक्षणको प्रक्रिया अगाढी बढाए सहजहुनेथियो । यो प्रक्रिया सुरुनहुँदा समुदायमा कोरोना भाईरस को क्रास बढेको पनि बताए । यस्तै हो भने महामारी फैलिन सक्छ ।” गाउँपालीका मास्वास्थ्यकर्मीहरुको लागि पीपीई र स्वास्थ्य सामाग्री समेत पर्याप्त नभएको अध्यक्ष चन्दले जानकारी दिए ।