धनगढी, १५ जेठ– रुकुम पश्चिममा भएको घटनाको विरोधमा धनगढीमा एसबिडब्लु युथ फोरमका युवाहरुले प्रदर्शन गरिएको छ । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको आरोपमा धनगढीको पार्क चौकमा बिहिबार प्रदर्शन गरेका हुन् ।
गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत युवाहरुले माग गरेका हुन् ।
प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले नवराज बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग रहेको एसबिडब्लु युथ फोरम धनगढीका अध्यक्ष सुबास सेवाले जानकारी दिए । युवाहरुले पशुपती टोलबाट धनगढीको पार्क चौकमा पुगे एसबिडब्लु युथ फोरम धनगढीका युवाहरुले दवाव सृजना गरेको हो ।