सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक ५० बर्षीय पुरुषको मृत्यु भएको छ । कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनी भारतबाट फर्किएपछि क्वारेन्टाइनमा थिए । उनी मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । उनी मंगलबार नै भारतको महाराष्ट्रबाट आएका थिए । मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए ।
उनलाई सेती अस्पताल ल्याईएकोमा आज विहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको छ ।