• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

हावाहुरीले कुखुरा व्यवसायमा १० करोडको नोक्सान

धनगढी । धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर ऋणदान गरेर आठ वर्षअघि कुखुरा ब्यावसाय सुरु गरे । उनले आफूसहित छ जनाले संयुक्तरुपमा सुरु गरेको कुखुराको ब्यावसाय ठीकठीकै पनि चल्दै थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरा पालन ब्यावसायी गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरा ब्यवसाय गरेका थिए ।
दैनिक २६ पेटी अण्डा उत्पादन हुने उनको कुखुरा फर्म चार दिनअघि अर्थात् २३ जेठमा आएको हावाहुरीले पूर्ण क्षति पुृर्याएपछि यतिबेला दलबहादुरलाई इन्तु न चिन्तु बनाएको छ ।

उनले भने हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिन लगायत हावाहुरीले उडाएर कामै नलाग्ने बनाएको बताउदै बैंकको किस्ता र काम गर्ने मजदूर पैंसा तिर्न समस्या आइलागेको छ । उनको फर्ममा १० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

बिनासकारी हावाहुरीले उनीजस्तै अन्य कुखुरा ब्यावसायीलाई ठूलो क्षति पुर्याएको छ । कुखुरा अण्डा ब्यावसायी संघ कैलालीका अनुसार कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीले सबै भन्दाबढी कुखुरा ब्यावसायीलाई मार परेको जनाएको छ ।
नेपाल कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयका अनुसार कैलालीमा मात्रै कुखुरा पालक किसानहरुको १० करोड भन्दा बढीको क्षति भएको अनुमान गरेको छ । उनले कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण कुखुरा व्यावसायीलाई सबैभन्दा क्षति पुर्याएको बताए ।

जुगेडामै कुखुरा व्यावसायी गर्दै आएका हिमालय गिरी पनि हावाहुरीले आफनो व्यावसायी चौपट बनाएपछि यति बैंकको किस्ता र मजदुरको पैसा कसरी तिर्ने भनेर चिन्तित छन् । सारा लगानी हावाहुरीले उडाएर लग्यो अब कसरी जिविकोपार्जन गर्ने होला । हावाहुरीले उडाएको फर्म देखाउ“दै उनले भने । उनले यसै त कुखुरा व्यावसायीलाई चोरी निकासीका कारण बजारमा टिक्नै गाह्रो थियो । त्यसैमा हावाहुरीले कुखुरा र फर्ममै उडाएर लगेपछि झनै समस्या परेको बताए ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ घोडसुवाका किसान दीपक खत्रीले हावाहुरीका कारण आफनो फार्ममा छाना उडेपछि चिन्तित छन् । उनले आठ सय चल्ला र एक हजार चार सय तयारी कुखुरा मरेको बताए । उनले आफुलाई पा“च लाख बराबरको नोक्सानी भएको बताए । गोदावरी नगरपालिकाको अत्तरियामा लोकल कुखुरा र अष्ट्रिच पालन गरिरहेका हेमन्त अवस्थीले हावाहुरीका कारण छाना उड्दा लोकल कुखुरा र अष्ट्रिचका चल्लाहरु हराएको बताए । अवस्थीको फार्ममा अष्ट्रिचका ६ सय चल्ला र लोकल कुखुरा १ हजार थिए ।

आफुहरुलाई बैंकको किस्ता तिर्न र अन्य सहुलियतका लागि सम्बन्धीत सरोकारवाला निकायले विशेष सहुलियत दिनुपर्ने कुखुरा व्यवसायीहरुको माग रहेको छ । उनीहरु भन्छन् ‘कुखुरा तथा फर्मको विमा पनि गर्न कसैले मान्दैनन । आफनो व्यावसायीको विमा गरिदिन पहल होस् । नत्र कुखुरा व्यावसायी नसकि पलायन हुनुपर्ने अवस्था रहेको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले कुखुरा तथा कृषकहरुलाई के कति राहत रकम उपलब्ध गराउने भन्ने अहिलेसम्म निर्णय गर्न सकेको छैन् । कुखुरा व्यावसायी शाहले भने –‘फर्ममा पुर्याएको क्षतिबारे विवरण संकलन गर्न कोही आएको छैन् । राहत दिन पनि कसैले चासो दिएको छैन् ।’
सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापढण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको जनाएको छ ।

मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.