• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

आइसोलेसनमा बस्नेको गुनासो–‘खानासमेत दिँदैन्’

मेनुका ढुङ्गना
अछाम — मेल्लेख गाउँपालिकाकी २४ वर्षीया महिलार्को यापिड डायग्नोस्टिक टेस्ट पोजिटिभ देखिएपछि बिहीबार बयालपाटा अस्पतालको आइसोलेसनमा राखियो । चार वर्षीय छोरासहित रहेकी उनको गुनासो छ( अस्पतालले खाना दिएन । हातमा कुपन थमाइदिएर क्यान्टिनमा पठाउने र क्यान्टिनमा खाना सकिएको भन्दै फिर्ता पठाउने गरेको उनले बताइन् ।

‘न त होटेलमा खाना पाइन्छ न अस्पतालमा,’ उनले भनिन्, ‘छोराले बेलाबेलामा खाना खोज्छ । म त कैदी जस्तो भएको छु, कहाँबाट छोरालाई खाना दिनु ?’ आइसोलेसनमा बसेका बिरामीलाई खाजा नदिने तर बिहान र बेलुकाको मात्रै खाना दिनेगरी कुपन दिएको उनले बताइन् ।

‘खाजा त नदिने नै भनेका छन् । खानाको लागि कुपन दिएर आफन्त पठाउँदा पनि त्यसै फर्काइदिन्छन्,’ उनले भनिन् ,‘खाना खान लागि पनि ठूलै पहुँच चाहिने रहेछ ।’ खाना नदिएको गुनासो पत्रकारलाई गरेपछि शुक्रबार साँझ ’खान खान आउनु’ भनेर बोलाएको उनको भनाइ छ । आइतबार दिउँसोसम्म पनि खाना नपाएको उनले बताइन् ।

आइसोलेसनमा भएका बिरामीलाई पोषणयुक्त खाना र हौसला दिनुपर्नेमा हतोत्साहित बनाइरहेको उनको आरोप छ । उनका अनुसार स्वास्थ्य जाँचको क्रममा शुक्रबार खकार चेक गर्न आए पनि त्यसपछि स्वास्थ्यकर्मी सम्पर्कमा आएका छैनन् ।

बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने आइसोलेसनमा भएका बिरामीलाई खाना नदिनु अस्पताल क्यान्टिनबाटै कमजोरी भएको बताए । आरडीटी पोजिटिभपछि अस्पतालको आइसोलेसन वार्डमा आएकालाई कुपन दिएर खाना खुवाउन क्यान्टिनलाई ठेक्का दिएको उनको भनाइ छ । महिलाले भनेजस्तो बेवास्ता नभएको र बेलाबेलामा जाँच भइरहेको डा. गौचनले बताए ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीका अनुसार अस्पतालमा आमाछोरा गरी २ र जिल्ला अस्पताल मंगलसेनमा एकसमेत अछाममा ३ जना आइसोलेसनमा छन् । आइसोलेसनमा रहेका ३२ जना घर फर्किसकेका छन् । स्वास्थ्यकर्मीले समेत आइसोलेसनमा बसेकाहरुको वास्ता नगर्ने गरेको घर फर्किएकाहरुले समेत गुनासो गरे ।
कान्तिपुरबाट

आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.