धनगढी, २९ असोज/ नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ का प्रदेशसभा क्षेत्रीय कार्यसमिति, क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिका विभिन्न पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
नेपाली काँग्रेस कैलालीका निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिहका अनुसार कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिमा बुद्धि बहादुर खड्का निर्वाचित भएका छन्। समितिको सचिवमा दिनेश खत्री र भुवन कुमारी चन्द (भावना) चयन भएका छन्। सहसचिवमा विष्णु देव पाण्डेय र मणि कुमार सिंह निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा भने मनोनयन हुने उल्लेख गरिएको छ।
त्यसैगरी, क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेशसभा ‘क’ कार्यसमितिको सभापतिमा प्रेमबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा खगेन्द्रराज जोशी र पुष्पा बराल, सचिवमा गंगा बोहरा र महावीर चौधरी तथा सहसचिवमा विष्णु रानाभाट र जानकी राना निर्वाचित भएका छन्।
प्रदेशसभा ‘ख’ कार्यसमितिको सभापतिमा गणेश बम निर्वाचित भएका छन्। उपसभापतिमा तारा शर्मा र अरुण विक, सचिवमा भीमबहादुर कुँवर र दुर्गा कुमारी भाट तथा सहसचिवमा शोभा भट्ट राउत र रोशन उपाध्याय निर्वाचित भएका छन्। कोषाध्यक्षमा तोइब मोहम्मद सिद्दिकी चयन भएका छन्।
कैलाली ५बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृतले जारी गरेको विवरणमा प्रदेश महाधिवेशन प्रतिनिधि तथा अन्य समावेशी समूहका उम्मेदवारहरू पनि निर्विरोध निर्वाचित भएको उल्लेख छ।
निर्वारोध निर्वाचित भएका उम्मेबारको नामाबली
