धनगढी,९जेठ-भारतबाट नेपाल फर्कने क्रममा सिमानामा अलपत्र नेपालीहरुलाई दृष्टी फाउन्डेसनले खाना खुवाएको छ । असहाय महिलाहरुलाई उद्यार गरी सेवा गर्दै आएको धनगढीको फाउन्डेसनले सिमानामा अलपत्र नेपालीहरुलाई शुक्रबार एक छाक खाना खुवाएको हो ।
बझाङ बुङ्गल स्थाई घर भएको युवा समाजसेवी नरेश थापा र फाउन्डेसनको पहलमा सिमानामा अलपत्र परेका दुई सय ५० भन्दा बढीलाई खाना र पानी उपलब्ध गराएको हो । हामी पनि बिभिन्न सहयोगी हातहरुको सहयोगबाट चल्दै आएको फाउन्डेनले अपलपत्र नेपालीको बिजोग अबस्था देखेर मानविय सहयोगले खाना पकाएर सबैलाई खुवाएको दृष्टी फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले जानकारी दिईन् ।
यस्तो सबै नागरिक संकटका वेलामा सबैले आफ्नो सानो सहयोगले पनि राहत पुग्ने भएकोले यस्ता कार्यक्रमा सबैले हातेमालो समेत गर्नुपर्ने नरेश थापाले बताए । खाना खुवाएपछि अलपत्र नेपालीहरुले सहयोगी सबैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
