दार्चुला ९ जेठ- लकडाउन काकारण भारतका विभिन्न शहरहरु बाट फर्कि आएर भारतको धारचूलामा अलपत्र परेका नेपाली नागरिक हरुले नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल र्फकन निकै समस्या परेको बताईएको छ ।
नेपालमा रहेका भारतिय नागरिकहरु पनि भारत तिर गएका छन् । सिमा नाका खुला रहेको ले दुवै देशका नागरिकको एकिन संख्या प्राप्त हुन सकेको छैन ।
नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुलाई तत्कालका लागी महाकाली नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईन स्थलमा राखेको र सम्बन्धीत जिल्ला र स्थानिय तह सित सम्पर्क र समन्वय गरी सम्बन्धीत स्थानिय तहमा पठाउने महाकाली नगरपालिकाका प्रवक्ता पुष्करराज जोशी ले जानकारी दिएका छन् ।