धनगढी , १० भदौ / रसुवामा आएको बाढीपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका चार जना सम्पर्कविहीन भएका छन्।
घरपरिवारका अनुसार कृष्णपुर नगरपालिकाका कालु राना, कृष्ण राना, रिके राना र पदम साउद बाढीपछि सम्पर्कमा आएका छैनन्। उनीहरू रसुवास्थित सुरुङ मार्ग निर्माणस्थलमा काम गर्दै आएका थिए।
बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको र हालसम्म अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ। परिवारले उनीहरूको अवस्था पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेको छ।
सम्पर्कविहीन कालु रानाका दाई कुबेर रानाले उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा ९८१११४९१५५ मा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेका छन्।
बाढीका कारण सुरुङ मार्ग क्षेत्रमा कार्यरत उनीहरू सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन्।