धनगढी, २ भदौ / कैलालीको गोदावरी र टीकापुरबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार गोदावरी नगरपालिका-५ स्थित गेटा चेकपोस्टबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ निवासी २३ वर्षीय जगदीश विष्ट पक्राउ परेका छन्।
प्रहरी चौकी गेटाबाट खटिएको टोलीले सुदूरपश्चिम प्रदेश ०२-००४ प ४५४३ नम्बरको मोटरसाइकलमा सवार विष्टलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २०० मिलिग्राम लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका-२ कोठारपुरबाट सोमबार साँझ स्थानीय २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम ८९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।