पुष्कर भट्ट
महेन्द्रनगर ८ जेठ । लकडाउनका कारण भारतमै रोकिएका मजदूरहरुले आफूहरुलाई उद्धार नगरेको भन्दै नेपाल सरकारविरुद्ध नाराबाजी गरेका छन्।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिनका लागि मुलुक लकडाउन गरिएपछि भारतमै अलपत्र परेका नेपाली नागरिकहरुले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्नो देश फर्कन पाउने वातावरण मिलाईदिन माग गरेका छन्।
बनबासा सीमा क्षेत्रमा अलपत्र परेका उनीहरुले सरकारविरुद्ध निकै आक्रोसित भएर चर्को आवाजमा नाराबाजी गरेका छन्। मजदूरहरुले ‘आफ्नो जनता फिर्ता लेउ, मजदूरको पीडा बुझी देउ, नेपाल सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, सीमानाका खुल्ला गर, सबै मजदूर एक होऔं’ भन्दै नाराबाजी गरे।
उनीहरुले सीमानाका तत्काल खुल्ला गरेर अलपत्र परेका आफूहरुलाई उद्धार गर्न सरकारसमक्ष माग गरेका छन्।