पुष्कर भट्ट
कञ्चनपुर, ८ बैशाख-कोरोना भाईरसका बिरामीको उपचारका लागि कञ्चनपुरको महाकाली अस्पतालमा निर्माण हुन लागेको आईसोलेशन भवनको म्याद सकिएको छ । भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले म्याद भित्र भवन निर्माण गर्न सकेको छैन् । ७ बैशाख ०७७देखि ७जेठम्म एक महिनामा भवन निर्माण गर्ने अस्पताल निर्माण कम्पनी विच सम्झौता भएको थियो । तर सम्झौताको म्याद सकिएको एक दिन पुरा भएपछि दिपिन विल्डर्स प्रालिले भवन पुरै निर्माण गर्न सकेको छैन् ।
सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा एक करोड लागतमा ५० सैयाको आईसोलेशन भवन निर्माण गर्न बजेट दिएको थियो ।
७ बैशाखमा महाकाली अस्पताल र कम्पनीविच कुल ९२ लाख, ४३ हजार ५ सयमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुरुप निर्माण कम्पनीले ८ बैशाखदेखि नै निर्माणको काम शुरु गरेपनि ८जेठसम्म पुरा गर्न नसकेपछि कम्पनी र अस्पतालविच विवाद देखिएको छ । यस अघि आईसोलेशन भवन निर्माणमा गुणस्तहिन द्वयम ईटा प्रयोग गरिएको भन्दै अस्पतालले भवन निर्माणमा अवरोध गरेको थियो ।
भवनकै मुल जगमा अब्बल ईटा प्रयोग हुनुपर्नेमा द्वयम ईटा प्रयोग गरिएको भन्दै अस्पताल प्रशासन र व्यवस्थापन समितिले यस्तै ईटा प्रयोग गर्ने भए काम बन्द गर्न कम्पनीसंग भनेका थिए । निर्माण कम्पनीले भवन निर्माणको अधुरो काम सम्पन्न गर्नका लागि २०दिनको लागि म्याद थपिदिन निवेदन दिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले सम्झौता भएको दोस्रो दिनदेखि नै निर्माण कम्पनीले द्वयमईटा प्रयोग गरेर निर्माणमा ढिलासुस्ती गरेको बताए । ‘निर्माण कम्पनीले बाँकी काम गर्नका लागि २०दिनको म्याद थप माग गरेको छ, ‘अध्यक्ष जोशीले भने, ‘हामीले यस बारेमा गहन छलफल गरेर समाजिक मन्त्रालयको प्राविधिक टोलीलाई पत्राचार गरेको छौँ ।’ समयमै काम हुन नसकेको कारण मन्त्रालयको प्राविधिक टोलीले बताएपछि म्याद थप्ने नथप्ने हर्जना काट्ने विषयमा अघि बढिने बताए ।
दिपिन विल्डर्स प्रालिका संचालक दिपिन कार्कीले लकडाउनको कारण निर्माण समाग्री आपूर्तिका समस्या भएकाले केही काम मात्रै बाँकी रहेको बताए ।‘हुट बनिसक्यो, ‘उनले भने, ‘अब फिनिसिङ्ग गर्न बाँकी छ ।’ काम गर्दागर्दै समान आपूर्ति नहुँदा ढिलाई भएको भन्दै उनले आफु निर्माणको काममा रातदिन लागि परेको बताए । रातिको समयमा ईटा ल्याउदा केही द्वयम आएकाले उक्त ईटा प्रयोग नगरेर अलगै राखिएको उनले बताएका थिए । म्याद भित्र काम नगरिए दैनिक ०।०५प्रतिशत हर्जना काट्निेछ ।
कैलालीको सेती अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमासंगै निर्माण भएका आईसोलेशन भवन कैलालीमा निर्माण भईसकेपनि कञ्चनपुरमा निर्माण नहुँदा निर्माण कम्पनी र अस्पतालको स्थानीयले आलोचना गरिरहेका छन् । अस्पतालको भेन्टिलेटर खरिदमा आपूर्तिकर्ता आरजी कम्पनीले बदमासी गरेर पुराना र खियिएका समान दिएपछिको प्रकरण सेलाउन नपाउँदै आईसोलेशन भवनमा द्वयत ईटा प्रयोगदेखि समयमा निर्माण नभएपछि स्थानीय चिन्तित भएका छन् ।
स्थानीय एव सरोकारवालाले कोरोना जस्तो महामारीबाट बाँच्नका लागि आईसोलेशन भवन निर्माणमा भएको ठेक्का सत प्रतिशतमा सदर भएपनि निर्माणमा द्वयत ईटा प्रयोग गर्नु र ढिलासुीती हुन निन्दनिय भएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेन्टिलेटर खरिद प्रकृयामा पुरै कागजात नियन्त्रणमा लिएपछि महाकाली अस्पतालमा भेन्टिलेटर खरिदका लागि जिम्मा पाएको आर। जी सप्लायर्स कम्पनीसंगको प्रकृया रद्द नयाँ प्रकृया अघि बढाएको छ । भवन निर्माण कार्य जतिसक्यो चाँडो निर्माण गर्न नागरिक अगुवाले आग्रह गरेका छन् । महामारी जुनसुकै बेलामा पनि आउन सक्ने भएकाले त्यसको तयारी समयमै गर्नुपर्नेमा सुझाव दिएका छन् ।