धनगढी – भारतको पलिया क्वारेनटाईनमा बसेका नेपालीहरु कैलालीको गौरीफन्टा नाकामा पुगेका छन् । पलियाबाट उनीहरु बसमार्फत गौरीफन्टा नाकामा आएका हुन ।
भारतका बिभिन्न ठाउँबाट आएका उनीहरुलाई बुधबार नै आ – आफ्ना स्थानिय तहमा पठाउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई सम्बन्धित स्थानीय तहले घर लैजाने प्रबन्ध मिलाइएको जनाएको छ ।