• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. एकहोरो हेराइ खै कता छ (गजल)

  • ७. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • १०. दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा निर्धारण (यस्तो छ मुल्यसुची)

‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने

धनगढी, १२ साउन /  नेपाली मौलिक गाईजात्रा परम्पराको संरक्षण, हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना अभिवृद्धि तथा सुदूरपश्चिमको कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गरिने भएको छ।

बैजनाथ सञ्चार प्रा.लि.ले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा आर्थिक संयोजक सुवेष पाठकले गत वर्ष सम्पन्न पहिलो संस्करणले दर्शकबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया प्राप्त गरेकाले यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र सन्देशमूलक बनाइने बताए। उनले करिब १५ लाखको लगानीमा गाईजात्रा गरिन लागेको जानकारी दिए।

कार्यक्रममा नेपालका वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेता मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ। साथै सुदूरपश्चिमका वरिष्ठ तथा चर्चित हास्य–व्यंग्य कलाकारहरूको प्रस्तुति, हास्य–व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा, मौलिक लोक तथा सांस्कृतिक कार्यक्रमलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टले जानकारी दिइन्।

कार्यक्रममार्फत लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु हिंसा, महिला हिंसा, बाल अधिकार, युवा पलायन, सामाजिक विभेदलगायत समसामयिक सामाजिक विकृतिविरुद्ध व्यंग्यात्मक शैलीमा सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टको सन्देश उद्धृत गर्दै बैजनाथ सञ्चार प्रा.लि.ले सुदूरपश्चिमका कलाकारलाई सम्मानित मञ्च उपलब्ध गराउनुका साथै प्रदेशको मौलिक भाषा, कला र संस्कृतिलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य रहेको जनाएको छ। नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति आकर्षित गर्दै गाईजात्रा परम्पराको संरक्षण र पुस्तान्तरणमा कार्यक्रमले योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

आयोजकले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामार्फत समाजमा सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’लाई आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको छ।

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने

Recent Posts

  • तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
  • बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
  • धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने
  • कञ्चनपुरको भाइरल रोडबाट लागुऔषध सहित ३ जना पक्राउ
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.