• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका २१ सामुदायिक विद्यालयमा एकीकृत भान्साघरबाट दिवा खाजा

धनगढी, २७ असार/धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्म रहेका २१ सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीलाई यही भान्साघरमा तयार गरिएको खाजा वितरण गरिने भएको हो।

उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ जना विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन्। वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा भने कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई यसै भान्साघरबाट खाजा उपलब्ध गराइनेछ।

धनगढी-७ तिल्केचोकमा निर्माण गरिएको एकीकृत भान्साघरको शनिबार आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले उद्घाटन गरे। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति रहेको थियो। उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा दुई करोड ४५ लाख ३३ हजार २९ रुपैयाँको लागतमा भान्साघर सञ्चालनमा ल्याएको जनाएको छ।

नगर प्रमुख गोपाल हमालका अनुसार भान्साघरको पूर्वाधार निर्माणमा ६८ लाख ३२ हजार ८५० रुपैयाँ, भान्सा सामग्री खरिदमा १७ लाख ४७ हजार ३९९ रुपैयाँ, खाजा ढुवानीका लागि सवारी साधन खरिदमा ३७ लाख ७७ हजार ९९८ रुपैयाँ तथा विन्डो जडान र ट्रान्सफर्मर खरिदमा १३ लाख ९२ हजार ४४५ रुपैयाँ खर्च गरिएको छ। साथै विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको उनले जानकारी दिए।

नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। आर्थिक वर्षका १८० दिनका लागि विनियोजित रकम उपमहानगरपालिकाले विद्यालयको खातामा पठाउनेछ भने विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा ‘फुड फर लाइफ’लाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा ‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले धनगढी उपमहानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई स्वस्थ, सुरक्षित र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु गरिएको एकीकृत दिवा खाजा कार्यक्रम आगामी वर्षहरूमा पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको जनाएको छ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.