डोटी, ४ जेठ- नेपाल प्रेस युनियन कैलाली शाखाले आईतबार डोटीका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । भागरथी निर्माण सेवा धनगढीको आर्थिक सहयोग र प्रेस युनियन डोटीको समन्वयमा डोटीकाका सञ्चारकर्मीहरूलाई सिलगढी र पिपल्ला बजारमा शाखाले स्वास्थ्य सामग्री बितरण गरेको हो ।
कोरोना विरुद्धको लडाईमा अग्र भागमा काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउबाले जानकारी दिए । “हामीले करिब ४०÷५० हजार बराबरको, सेनिटाइजर, मास्क, ग्लब, डिकोल्ड र औषधीहरु बितरण गरेका छौं ।” उनले भने–“सामाजिक दूरी कायम गर्न प्रेस संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुमार्फत स्वास्थ्य सामग्री बितरण गरेका हौं ।”
सो स्वास्थ्य सामग्री बितरणमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमसमेतको प्रत्यक्ष सहभागिता रहेको छ । अत्यन्तै सम्बेदनशील स्वास्थ्य क्षेत्रमा अग्रभागमा रहेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुको भूमिका अतुलनीय रहेको केन्द्रीय सदस्य बमले बताए ।
“आमनागरिकलाई सुसूचित गराउँने पत्रकार तथा सञ्चारमाध्यमहरुको जोश, जाँगर र हौसलालाई बुलन्द गर्नु नै हाम्रो अभिप्राय हो ।” बमले भने –“कोरना भाइरसको महामारीले आमनागरिकलाई त्रसित बनाइरहेको बेला पत्रकार तथा सञ्चारमाध्यमहरुले आफू सुरक्षित रहेर आमनागरिकलाई बचाउने समाचार, सूचना र संन्देशलाई पहिलो प्राथमिकतामा राखेर प्रकाशन, प्रशारण र प्रदर्शन गर्न अनुरोध गर्दछु ।’
संचारकर्मीहरु बिभिन्न क्षेत्रमा फिल्ड रिपोटिङ्गमा जोखिम हुने भएको आफ्नो तर्फबाट सानै सहयोग भएपनि संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रेस युनियन मार्फत बितरण गरेको भागरथी निर्माण सेवा धनगढीका संचालक चक्र बमले बताए । शाखा कैलालीले बिगतदेखि नै सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सामग्री एबं प्रेस ज्याकेट बितरण गर्दै आएको छ । सामग्री बितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बम, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, नेपाल प्रेस युनियन कैलालीका सदस्य कृतबहादुर बिष्ट सहभागि रहेका थिए ।