• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला

धनगढी, ११ जेठ / सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, खानपान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ आगामी जेठ १९ गतेदेखि धनगढी–१६ भादामा सुरु हुने भएको छ। “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान” भन्ने मूल नारासहित तीन दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत बताएको छ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सव जेठ २१ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिनेछ। कार्यक्रमलाई सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रवर्द्धन गरेको छ भने होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले समन्वय तथा सहकार्य गरिरहेको भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए।

आयोजकका अनुसार महोत्सवले सुदूरपश्चिमका हिमाल, पहाड र तराईका विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति, रहनसहन, भेषभूषा र खानपानलाई एउटै थलोमा प्रस्तुत गर्नेछ। पछिल्लो समय लोप हुँदै गइरहेका परम्परा र संस्कृतिको संरक्षणसँगै होमस्टे पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

महोत्सवमा प्रत्येक दिन विभिन्न समुदायका सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिनेछन्। स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको सांगीतिक प्रस्तुति रहनेछ भने सुदूरपश्चिमका परम्परागत परिकारहरू स्वाद लिन पाइने । थारु हस्तकलाको प्रत्यक्ष अवलोकन, काठे पिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी लगायतका गतिविधिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकले बताएका छन् ।

त्यसैगरी स्लो साइकल रेस, धैंटोफोर, भलाद्मी दौड तथा पेनाल्टी सुटआउटजस्ता खेलकुद गतिविधि पनि महोत्सवका मुख्य आकर्षण रहनेछन्। महोत्सवमा करिब एक लाख २५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकले होमस्टे पर्यटनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ। होमस्टेले महिलाको आर्थिक सशक्तीकरण, स्थानीय भाषाको संरक्षण तथा ग्रामीण जीवनशैली अनुभव गर्ने अवसर समेत प्रदान गरिरहेको बताइएको छ।

हाल सुदूरपश्चिम प्रदेशमा ३६ वटा होमस्टे सञ्चालनमा रहेका छन्। कैलालीमा सबैभन्दा बढी १५ वटा होमस्टे सञ्चालनमा रहेका छन् भने कञ्चनपुरमा ५, अछाम र दार्चुलामा ४/४ तथा डडेल्धुरा, डोटी, बझाङ र बैतडीमा २/२ वटा होमस्टे सञ्चालनमा छन्।

“नेपालको वास्तविक सौन्दर्य महसुस गर्न होमस्टे रोजौँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको महोत्सवले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.