• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यूएईबाट नेपाली राजदूत भन्छन् : नेपाली नागरिक सुरक्षित छन्

काठमाडौं, १७ फागुन /  यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली हाल सुरक्षित रहेको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले यूएईभित्र रहेका नेपालीहरू सुरक्षित रहेको स्पष्ट पारे ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेश क्याम्पसहरूमा आक्रमण गर्दै आएको छ । यूएईमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत आक्रमण हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजदूत क्षेत्रीका अनुसार आज पनि एक–दुई वटा मिसाइल प्रहारको घटना भएको छ, जुन अमेरिकी एयरबेसलाई लक्षित गरिएको थियो । यद्यपि ती आक्रमणहरू इन्टरसेप्ट गरिएको र सामान्य अवस्थामा जनजीवन सञ्चालन भइरहेको उनले बताए ।

‘उही डेब्रीहरू (अवशेष) कहिलेकाहीँ झर्न सक्छन्, इन्टरसेप्ट गरिएका वस्तुहरू खस्न सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर समग्रमा नेपालीहरू सुरक्षित छन् ।’

यूएईमा शनिबार र आइतबार सार्वजनिक बिदा छ । जसले गर्दा हिजो र आज नागरिक तथा आप्रवासीहरू घरमै बसेका छन् । अहिले रमदानको महिना समेत चलिरहेकाले बाहिरी गतिविधि न्यून छ ।

‘सरकारले नै घरमै सुरक्षित बस्नुस् भनेको छ । यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको घरभित्रै बस्नु नै हो । अहिलेसम्म यूएईमा रहेका सबै नेपाली सुरक्षित नै छन्,’ राजदूत क्षेत्रीले भने ।

यूएई सरकारले सुरक्षा र हवाई सुरक्षासम्बन्धी विस्तृत गाइडलाइन जारी गरेको छ । ती निर्देशिकाको पूर्ण पालना गर्न उनले नेपाली समुदायलाई आग्रह गरेका छन् । ‘एयर सेफ्टी र सेक्युरिटीका गाइडलाइनहरू जारी भएका छन्, त्यसको पालना गर्नु नै राम्रो हो,’ उनले भने, ‘सरकारले बाहिर ननिस्कन भनेको छ भने त्यही मान्नुपर्छ ।’

राजदूत क्षेत्रीले दूतावासले निरन्तर नेपालीहरूसँग सम्पर्क गरिरहेको पनि बताए । ‘हाम्रा साथीहरू काम गरिराख्नुभएको छ, टेलिफोन आइरहेको छ, कुराकानी भइरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको यहाँको सरकारले जे निर्देशन दिएको छ, त्यही पालना गर्नु हो ।’

उनले अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न, भीडभाडबाट टाढा रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरे । ‘झन् बाहिरतिर जाने, यताउता गर्ने गर्नुहुँदैन । कहिलेकाहीँ झुक्किन सक्छ, इन्टरसेप्ट गरिएका वस्तुका अवशेष झर्न सक्छन्,’ उनले भने ।

दूतावासले जारी गरेका सूचना र यूएई सरकारका सुरक्षा निर्देशन पालना गर्न पुनस् आग्रह गर्दै राजदूत क्षेत्रीले नेपाली समुदायलाई संयमित र सतर्क रहन अपिल गरे ।

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.