धनगढी १२ बैशाख- सरकारको बिरोध गर्दै नेपाल विद्यार्थी संघले धनगढीमा रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय गेट अगाडी कालो झण्डा सहित धर्ना दिएका छन् ।
विश्व कोरोना संग संर्घष गरिहेको वेला जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा नेपल सरकार भने सत्ताको आडमा कुर्सी जोगाउन तिर केन्द्रीतका बिरोधमा आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघ कैलाली बहुमुखी क्याम्पसका नेता मनिष कुँवरले जानकारी दिए । कोरोनाबाट संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्दै पाँच जना सम्मेलित कालो झण्डा सहित मुख्यमन्त्री कार्यालय गेटमा धर्ना दिएको बिद्यार्थी नेता कुँवरले जानकारी दिए ।
बैशाख १२ गते देशका ७७ वटै जिल्लामा सरकारलाई जनताको जिवन रक्षामा ध्यान केन्द्रित गराउन नेविसंघको खवरदारी अन्तरगत नेवि संघ कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले उक्ता धर्ना दिएका हुन् । लकडाउनमा धेरै भिडभाड गरिने भएकाले केन्द्रको सर्कुल बमोजिम ५ जना मात्रै आन्दोलनमा बिद्यार्थी सहभागि भएको बिद्यार्थी नेता कुँवरले बताए ।
पाँच जनाको उपस्थीतिमा मात्रै आन्दोलनमा सहभागि हुनुपर्ने भएपछि नेवि संघका कैलाली बहुमुखी कार्यसमिति र कैलाली क्षेत्र नम्बर ५ले छुटाछुट्टै कार्यक्रम गरेको नेविसंघ कैलाली क्षेत्र नम्बर ५का सचिव देवेन जोशीले जानकारी दिए । क्षेत्रीय समितिले पनि १२ गते बिहान नै सुदूरपश्चिम प्रदेश सभा अगाडी धर्ना दिएको जोशीले जानकारी दिए ।