• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जाली गाउँमा यस वर्ष पनि पुस ३० गतेदेखि माघ २ गतेसम्म माघी मेला हुने

धनगढी, २६ पुस / धनगढी उपमहानगरपालिका–६ स्थित जाली गाउँमा यस वर्ष पनि माघी पर्वको अवसरमा भव्य माघी मेला आयोजना हुने भएको छ। जाली गाउँ सामुदायिक वनको खेलमैदानमा यही पुस ३० गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ।जाली गाउँ माघी मेला संस्थाको आयोजनामा हुन लागेको यो मेलाको यस वर्ष पाँचौँ संस्करण हो।

मेला स्थानीय थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाका अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए। मेलामा थारु समुदायका मौलिक खानपान, पहिरन, कला तथा संस्कृतिको झल्को दिने विविध कार्यक्रमहरू प्रस्तुत गरिने छन्।

थारु परिकारका स्टलहरू,सांस्कृतिक नाचगान,झाँकी तथा सांगीतिक कार्यक्रम मेला आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ।दर्शक तथा आगन्तुकहरूका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।माघी पर्वको अवसरमा थारु समुदायको जीवनशैली नजिकबाट बुझ्न तथा स्थानीय स्वाद र संस्कृतिमा रमाउन सबैलाई मेलामा सहभागी हुन आयोजकले आग्रह गरेको छ।

हरेक वर्ष माघी पर्वको अवसरमा आयोजना हुँदै आएको यस मेलाले सामाजिक सद्भाव, आपसी सहकार्य तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउँदै आएको आयोजकको भनाइ छ।हाल मेलाको तयारी तीव्र रूपमा अगाडि बढाइएको संयोजक चौधरीले जानकारी दिए।स्थानीय बासिन्दा मात्र होइन, धनगढी उपमहानगरपालिका तथा आसपासका क्षेत्रका सर्वसाधारणका लागि पनि माघी मेला सांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ।

शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.