तिम्रो दिलको अदालतमा
म अभियोग दर्ता गर्छु,
तिमी पहिलो चरणम
दर्ता गराइदिनु ।
बेला-बेला म्याद जारि गरिरहनु,
मलाई तिम्रो दिलको अदालतमा उपस्थित गराइरहनु।
म काबु बाहिरको परिस्थितिमा पनि
त्यसै अदालतमा उपस्थित भइरहनेछु।
थुनछेक बहस सकिएपछि
थुनछेकओदेश जारी गरि
धरौटिमा छोइने कि?
थुनामा राख्ने?
कि हाजिर जमानिमा छोडनु। (आफुखुसी)
बयानका नाममा,
बालाई तिम्रो घर पठाउने छु
जहाँ दशि र गौण दुबै प्रमाण प्रस्तुत गर्नेछु।
बकपत्रका नमामा हाम्रै बिहेको कार्ड नै पेश गर्नेछु।
बकपत्रकै आधारमा आदेश त्यार पारी छिट्टै भेटन बोलाउनु।
हाजिरका नाममा, मेरो सामाजिक संजाल नै परिक्षण होस
प्रमाणको भार नपुग्दा , मेरो मुटुको अपरेशन होस ।
जब प्रमाणको भार पुग्नेछ, (फैसला सुनाउनु)
त्यो फैसला केवल हाम्रो मिलनको होस।।
लेखक :- रमित ढुङ्गाना (कानुन विषयमा स्नातक पढ्दै हुनुहुन्छ।)