धनगढी ।दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स सँग भिड्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो भने पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो ।
एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ। जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन्। पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ।