काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन सुरु गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्ला-जिल्लामा रहेका मतपेटिका र अन्य सामग्री कति छन्, कुन अवस्थामा छन् र कति थप आवश्यक पर्छ भन्ने विवरण संकलन भइरहेको छ।
त्यसका आधारमा बजेटिङ गर्ने तयारी भइरहेको छ, उनले बताए।यसैबीच, १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने व्यवस्था गर्न आयोगले प्रस्ताव गरेर गृहमन्त्रालयलाई पठाएको छ।
गृह मन्त्रालयले निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ।प्रवक्ता भट्टराईका अनुसार ऐन संशोधन गर्ने प्रक्रिया सरकारकै जिम्मेवारी हुने छ भने आयोगले प्रस्ताव मात्र पेस गरेको हो।
