कञ्चनपुरको लालझाँडी गाउँपालिका वडा नम्बर २, कञ्जका एक ६५ वर्षीय वृद्ध मृत भेटिएका छन् । फगिरा राना नाम गरेका ती वृद्ध स्थानीय नदीमा मृत भेटिएका हुन् ।
बिहीबार अपरान्हतिर घरबाट नुहाउन भनेर नजिकैको ‘दोदा नदी’तर्फ निस्केका वृद्ध मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी गराए ।
अहिले मृतक रानाको शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निरिक्षक चन्दले बताएका छन् ।