काठमाडौं- जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
उपचारमा संलग्न डाक्टर निजिना ताम्राकारका अनुसार उनको स्वास्थ्यमा सुधार हुँदै गएको हो।
‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ, उपचार जारी छ ’, डा ताम्राकारले भनिन् , ‘अवस्था गम्भीर भएकोले ठ्याक्कै भन्न सक्ने अवस्था छैन।’
उनको मृत्यु भएको हल्ला असत्य भएको जानकारी डाक्टर ताम्रकारले दिइन्।
जेनजी प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीहरूले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए। घरबाट समयमै बाहिर निस्किन नसक्दा चित्रकार आगोमा जलेकी हुन् ।उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ।
सामाजिक सञ्जालमा भने उनको मृत्यु भएको झुटो समाचार फैलाइएको छ।