• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फेरि झडप हुन सक्ने भन्दै डिस्चार्ज भएका कैदीबन्दी अन्य कारागार स्थानान्तरण गर्ने तयारी

धनगढी,२८ साउन । कैलाली कारागार घटनामा घाइते २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उनीहरूलाई हिजै डिस्चार्ज गरेको हो। तर, पुनः झडप हुने आकलनसहित डिस्चार्ज भएका कैदीबन्दीलाई जिल्ला कारागार कैलालीमा लगिएको छैन।

उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्न समन्वय भइरहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख जलान्धर भुसालले शुक्रबार रातिको घटनामा घाइते भई डिस्चार्ज भएका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने विकल्पमा कुरा भइरहेको जानकारी दिए। उनले कारागारभित्रको अवस्था फेरि अशान्त नहोस् भनेर डिस्चार्ज भएकालाई अन्यत्र सार्ने विकल्प अघि सारिएको बताए।

‘२७ जना हिजो डिस्चार्ज हुनुभएको छ। कारागारभित्र ल्याउँदा उहाँहरूमाथि फेरि केही हुन सक्छ, कारागार अशान्त बन्न सक्छ भनेर केही दिन अस्पतालमै राख्ने कि भन्ने छ,’ भुसालले भने, ‘उहाँहरूको अन्यत्र सरुवा गर्ने विकल्पमा कुरा भइरहेको छ।’ कारागार प्रशासनका अनुसार घाइते कैदीबन्दीका आफन्तलाई सरुवाका लागि निवेदन दिन भनिएको छ।

डिस्चार्ज भएकामध्ये तीनजनालाई आज जिल्ला कारागार कञ्चनपुर सरुवा गरिएको कैलाली कारागारले जनाएको छ। कैलाली कारागारभित्र शुक्रबार राति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।

घाइतेमध्ये २७ जना डिस्चार्ज भएका, तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको कारागार प्रमुख भुसालले जानकारी दिए। कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको थियो। डिस्चार्ज भएका कैदीबन्दीहरू पनि अहिले त्यहीँ रहेका कारागार प्रशासनले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुरक्षा चुनौतीलाई आकलन गरेर डिस्चार्ज भएका कैदीबन्दीलाई कैलाली कारागारमा नराखिएको बताए। उनीहरूको सरुवाका लागि आफन्त र कारागार व्यवस्थापन विभागसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए।

बुधबार, साउन २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.