• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अनार झर्न थालेपछि किसान चिन्तित

धनगढी,२६ साउन ।बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा लगाएको अनार पाक्ने समयमा झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरुमा अनार राम्रोसँग फल्ने र पछि पाक्नेबेला झर्न थालेपछि किसान चिन्तित बन्दै गएका हुन् ।

पछिल्लो समय यहाँको हिमाली गाउँपालिकाले किसानलाई अनार खेती गर्न सुरु गरेको थियो । अनार खेतीबाट यहाँका किसानको आर्थिक अवस्था सुधार गर्ने गरी गाउँपालिकाले पछिल्लो समय खाद्यानका लागि वृक्षारोपण कार्यक्रमअन्तर्गत किसानलाई अनारको बोट वितराण गरेको थियो ।

अहिले उनीहरुले लगाएको अनार सुरुमा राम्रो फल्ने र त्यसपछि नपाँक्दै झर्ने गरेको छ । यसरी अनार बोटबाटै झर्न थालेपछि अहिले यहाँका किसान चिन्तित बनेका हुन् ।

वैशाख जेठको महिनामा बोटमा अनार राम्रोसँग लागेको थियो । तर जेठको अन्तिममा झर्ने गरेको हिमाली गाउँपालिका –४ बोर्ता लेबडीका अनार किसान शेरबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही बोट गाउँपालिकाले दिएको र त्यसपछि अन्य बोट आफैँले ल्याएर रोपेको हो । त्यो रोपेको दुई तीन वर्षमै राम्रोसँग हुर्कियो । लगतै फल्न पनि सुरु भयो । तर अहिले त्यो बोटमा एक दाना पनि अनार रहँदैन ।”

यसका लागि मैले धेरै ठाउँमा कृषि प्राविधिकसँग सल्लाह लिने काम गरेको छु । उहाँहरुको सल्लाह अनुसार केही दिन विषादी पनि हालेको हो । तर पनि अनार अझै झर्न नरोकिएको कृषक कार्कीको गुनासो छ ।

अहिले यहाँका किसानले सेतो र रातो अनार लगाउँने गरेका छन् । त्यो अनार पहिला राम्रोसँग फल्ने र त्यसपछि विस्तारै आफैँ झर्ने गर्छ ।

कार्कीको बारीमा झण्डै एक हजार अनारको बोट छन् । ती सबै बोटमा राम्रोसँग अनार फलेका छन् । बोटमा दाना पनि राम्रोसँग लागेको छ । तर पाक्ने बेलामा भने त्यो बोटमा एक दाना पनि रहँदैन् ।

अनार फल्ने समयमा त्यहाँ पुतली रस चुस्नका लागि जान्छ । त्यसपछि रस चुस्ने र त्यसैमा लार्भा छोड्ने गर्छ । त्यसै लार्भाबाट उत्पन्न भएको किराले अनारको दाना खाएर झर्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका लागि किसानले फुल फुन्ले बेलामा नै प्रत्येक फुलमा ट्याप राख्नु पर्छ । अर्को मिथाईल युजिनल हमर्कोन त्यसमा राख्नुपर्छ । यसमा पोथी पुलतीको गन्ध राखेको हुन्छ । भाले पुतली आउँछ त्यसभित्र छिर्छ त्यसमा विषादी हालेको हुन्छ । त्यसैमा पुतली मर्छ ।”

अनी मात्र अनारको दाना बचाँउन सकिन्छ । यदी यसो गरेर भने अनार बचाउन समस्या हुन्छ । अर्को कुरा अनार अलि बाक्लो छ । त्यसलाई छाँटकाट गर्नु पर्ने देखिन्छ । पहिला म आफै गएर त्यस ठाउँमा पुगेर किसानलाई त्यो सल्लाह दिएको हो । अहिले पनि एक पटक त्यहाँ गएर फेरि हामीले यसका लागि के गर्न सकिन्छ त्यो काम गर्ने तयारीमा रहेको न्यौपानेले बताउनुभयो ।

सोमबार, साउन २६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.