बैतडी, २१ साउन / बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा अवस्थित केदार र गलिनाथ मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा सय वटा फलफुलका बोटहरूको वृक्षारोपण गरिएको छ।
मन्दिरको वातावरणीय संरक्षण र सौन्दर्य बढाउने उद्देश्यले गरिएको वृक्षारोपणमा विशेषगरी चीउरा र अभोकाडोका बोटहरू रोपिएको स्थानीय युवा रामबहादुर बिष्टले जानकारी दिए।
उनका अनुसार, “पर्यावरण संरक्षणसँगै भावी पुस्तालाई फलफुलको समेत व्यवस्था होस् भन्ने सोचका साथ हामी युवाहरूले यो पहल गरेका हौं।”
वृक्षारोपण कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।