धनगढी, १९चैत । शारथी अस्पताल प्रा.लीले बिरामीलाइ चौबीसै घण्टा सेवा दिन थालेको छ । निजि लगानीका अस्पालहरुले आफ्नो सेवा बन्द गरी जनतालाइ स्वास्थ्य सेवा प्रवह गरी असज गराएको आरोप खेपीरहेका बेला कैलालीले धनगढीमा रहेको शारथी अस्पताल प्रा.लीले चौबीसै घण्टा सेवा दिने भएको हो ।
अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशीले बुधबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी आइसोलेसन वार्ड सहितको ब्यबस्था गरि हरपल बिरामीहरुको चेकजाँच गरिने जनाएको छ ।
नेपालमा पछिल्लो समयमा कोराना भाईरस (कोबिट–१९)का कारण देश समस्या ग्रस्त छ । यस्तो बिषम परिस्थितीमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो छ । जसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको झन कोरोना संक्रमण रोक्न महत्वपुर्ण भुमिका रहन्छ, पछिल्लो समयमा बिश्व ब्यापी फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन हामी साधन स्रोतले भ्याए सम्म सक्दो सेवा दिनवाट पछि नहटी जनताको सेवामा समर्पीत रहेको छौ बिज्ञप्तीमा भनिएको छ ।
अस्पताल बन्द नभई चौबिसै घण्टा साधन स्रोतले भ्याए सम्म नेपाल सरकार र सम्बन्धित स्वास्थ्य मन्त्रालयको माप दण्डमा रही सेवा प्रभाह गरि रहेको छ , जुन यात्रा निरन्तर जारी रहने छ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
