२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तमा देखापरेको कोरोना भाइरस ९कोभिड –१९० अहिले संसारभर फैलिएको छ । यो भाइरसको संसार यात्रासँगै मानिसहरू आफ्नो जीवनशैली परिवर्तन गर्न बाध्य भएका छन् । मानिसको रौँभन्दा नौ सय गुणा सानो यो भाइरसले सारा संसार ठप्प पारिदिएको छ । मानिसहरू आफ्नैै घरमा बन्दीजस्तै भएर बस्न बाध्य भएका छन् ।
पहिलोपटक देखिएको यो भाइरसको औषधि पत्ता लागेको छैन । कोरोना संक्रमण र यसले पारेको असर सम्बन्धमा पछिल्ला तथ्यांक सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार यो सामग्री तयार पारिएको समय ९१७ चैत अपरान्हसम्म० यो भाइरसको संक्रमणबाट सात लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३४ हजारको मृत्यु भइसकेको छ ।
३१ डिसेम्बर २०१९ मा चीनले विश्व स्वास्थ्य संगठनलाई निमोनियाजस्तै रोग फैलाउने नयाँ भाइरस फेला परेको जानकारी दिएपछि संसारले कोरोनाबारे थाहा पाएको थियो ।
यो भाइरस अहिले संसारका एक सय ५० भन्दा बढी मुलुकमा फैलिएको छ । चीनमा नयाँ भाइरस भेटिएको जानकारी पाएलगत्तै संसारका धेरै मुलुकले चीततर्फको उडान स्थगित गरेका थिए । तर, यति गर्दागर्दै पनि यो भाइरस संसारभर फैलियो । एकदम छिटो फैलिने यो भाइरस चीनबाट अरू देशमा कसरी र कहिले पुग्यो रु
विश्व स्वास्थ्य संगठनले नै भनेको छ, ‘यो भाइरसको तीव्रता यति धेरै रहेछ, जुन कुरा हामीले आकलन नै गर्न सकेनौँ ।’ हुन पनि चीनको वुहानबाट १२ हजार किलोमिटर ९हवाई दूरी० मा रहेको अमेरिकाको न्युयोर्कमा समेत यो भाइरस कसरी पुग्यो रु वुहानबाट भाइरस न्युयोर्क पुगेको तथ्यले नै बताउँछ कि यसको तीव्रता कति रहेछ रु
पहिलोपटक चीनले ७ जनवरी ९पुस २२० मा यो भाइरसबारे जानकारी पाएको थियो । र, लगत्तै यसको नाम ‘२०१९ एनसिओभी’ राखिएको थियो ।
चीनबाहिर पहिलोपटक यो भाइरस १६ जनवरी ९२ माघ० मा थाइल्यान्डमा देखिएको थियो । कोरोना भाइरसको इपिसेन्टर वुहानबाट थाइल्यान्ड पुगेकी महिलामा यो भाइरसको संक्रमण भेटिएको थियो ।
त्यतिञ्जेलसम्म यो भाइरस चीनबाहिर व्यापक मात्रामा फैलिएको थिएन । तर, चीनको वुहानमा भने कोरोना भाइरसको संक्रमण बढ्दो थियो । २३ जनवरी ९९ माघ० मा चीनले वुहान सहर ‘लकडाउन’ गऱ्यो । त्यसैदिन विश्व स्वास्थ्य संगठनले ‘चीनबाहिरका मान्छेमा यो भाइरसको संक्रमण देखिएको छैन’ भन्दै नआत्तिन आग्रह गरेको थियो ।
३० जनवरी ९१६ माघ० सम्म चीनमा कोरोना संक्रमणले भयाभह रूप लिइसकेको थियो । चीनको अवस्था हेरेर विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्व आपतकाल घोषणा गऱ्यो। विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेकै दिन फिलिपिन्समा पहिलो कोरोना संक्रमित भेटिए । आपतकाल घोषणा गरेको दुई दिनपछि चीनबाहिर फिलिपिन्समा कोरोनाका कारण पहिलो मृत्यु भयो ।
यतिञ्जेलसम्म धेरै देशले चीनतर्फ जाने हवाई उडान स्थगित गरिसकेका थिए । तैपनि चीनबाहिर कोरोना कसरी पुग्यो रु जवाफमा विश्व स्वास्थ्य संगठन भन्ने गर्छ, ‘एकदमै छिटो र शान्त भएर हिँड्यो यो भाइरस ।’
‘यो भाइरसविरुद्ध लड्न हरेक मुलुक तयार हुनुपर्छ, हरेक मुलुकले कोरोनासँग लड्न आफ्नो सबै शक्ति लगाउनैपर्छ,’ भाइरसले सिर्जना गरेको यो भयाभह अवस्था देखेर संगठनले भनेको छ, ‘सुरुवातमा हामीले यो भाइसको मृत्युदर कम छ भन्यौँ । तर, करोडौँ मान्छेको दुई प्रतिशत मृत्यु भनेको धेरै हो ।’
कोरोना भाइरसले सबैभन्दा आक्रान्त बनेको इटालीका ‘इन्टेन्सिभ केयर युनिट’का एकजना डाक्टर गिकोमो ग्रासेल्लीले भनेका छन्, ‘यो बमजस्तै विस्फोट भयो, सुनामीजस्तै आयो । यसबाट संक्रमण हुन नदिन अहिल्यै तयार भएर बस्नुहोस्, भाइरस देखिएपछि तयार हुन्छु भनेर हुँदैन ।’
ग्रासेल्लीले भनेका कुरालाई तथ्यांकहरूले पनि पुष्टि गरेका छन् । जस्तो कि, २२ जनवरी मा संसारभर पाँच सय ५५ जना कोरोना संक्रमित थिए । तर, दुई महिनापछि २२ मार्च ९९ चैत० सम्म पुग्दा संसारभर तीन लाख ३५ हजार मान्छेमा कोरोना संक्रमण देखियो ।
अमेरिका
चीनको वुहानबाट अमेरिका पुगेका एक यात्रीको परीक्षण गर्दा २० जनवरी ९६ माघ० मा कोरोना संक्रमण पुष्टि भयो । पहिलो कोरोना संक्रमित भेटिएको नौ दिनपछि अमेरिकाले ‘ह्वाइटहाउस कोरोना भाइरस टास्कफोर्स’ बनायो ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण अमेरिकामा यति तीव्र गतिमा फैलिरहेको छ कि कोरोना भाइरसबाट संक्रमितहरूको सबैभन्दा ठूलो संख्या अमेरिकामै छ । यो सामग्री तयार पार्दासम्म सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार अमेरिकामा करिब एक लाख २५ हजारमा यो संक्रमण देखिएको छ भने करिब दुई हजार पाँच सयको मृत्यु भएको छ ।
इटली
कोरोना संक्रमणको सबैभन्दा ठूलो सिकार इटली बनेको छ । इटलीमा पहिलोपटक ३१ जनवरी ९१७ माघ० मा दुईजना चिनियाँ पर्यटकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसको दुई हप्तापछि वुहानबाट फर्केका एकजना इटालियनमा कोरोना संक्रमण देखियो ।
फेब्रुअरी अन्ततिर पुग्दासम्म इटालीको लोम्र्बाडी कोरोनाको चपेटामा आइसकेको थियो । ताजा तथ्यांकअनुसार इटालीमा करिब ९८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने करिब १० हजार आठ सयको मृत्यु भइसकेको छ ।
स्पेन
३१ जनवरी ९१७ माघ० मा स्पेन भ्रमणका आएका जर्मन पर्यटकमा पहिलोपटक कोरोना देखिएको थियो । त्यतिखेरै ती पर्यटकको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्न नसक्दा अहिले स्पेनमा ८० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । ६ हजार आठ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अवस्था कस्तोसम्म पुगेको छ भने स्पेन सरकारले आफ्नो देशका सबै निजी अस्पताललाई सरकारीकरण गर्नुपरेको छ ।
जर्मनी
जर्मनीमा पहिलोपटक कारका पाटपुर्जा उत्पादन गर्ने कारखानामा काम गर्ने व्यक्तिमा २७ जनवरी ९१३ माघ० मा कोरोना संक्रमण देखिएको थियो । यसबाहेक इरान, इटली र चीनबाट पुगेका यात्रीले जर्मनीमा कोरोना संक्रमण बढाएको अनुमान गरिएको छ । अहिले जर्मनमा करिब ६२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने साढे पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
फ्रान्स
युरोपियन देशहरूमध्ये सबैभन्दा पहिले कोरोना संक्रमण देखिएको मुलुक हो, फ्रान्स । स्वतन्त्रता र प्रेमको प्रतीक भनेरसमेत चिनिने यो देशमा २४ जनवरी ९१० माघ० मा चीनबाट आएका ४८ वर्षीय व्यक्तिमा कोरोना संक्रमण फेला परेको थियो । अहिले फ्रान्समा ४० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भेटिएको छ । दुई हजार ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
संयुक्त अधिराज्य (बेलायत)
संयुक्त अधिराज्यमा पहिलो संक्रमण पानी जहाजमा यात्रा गरेर आएका व्यक्तिमा पहिलोपटक २८ फेब्रुअरी ९१६ फागुन० मा कोरोनाको संक्रमण देखिएको थियो । अहिले संयुक्त अधिराज्यमा १९ हजार पाँच सयभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । एक हजार दुई सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
स्विट्जरल्यान्ड
स्विटजरल्यान्डमा पहिलोपटक २५ फेब्रुअरी ९१३ फागुन० मा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्ति इटालीको मिलानबाट यात्रा गरेर स्विट्जरल्यान्ड पुगेका थिए । यो सामग्री तयार पार्दासम्म स्विट्जरल्यान्डमा १४ हजार आठ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने तीन सय मानिसको मृत्यु भइसकेको छ ।
नेदरल्यान्डस
नेदरल्यान्डसमा २७ फेब्रुअरी ९१५ फागुन० मा इटालीबाट आएका एक व्यक्तिमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले नेदरल्यान्डसमा १० हजार आठ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने सात सय ७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
दक्षिण कोरिया
दक्षिण कोरियामा चीनबाट आएकी एक महिलामा पहिलो पटक २० जनवरी ९६ माघ० मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि वुहानमा काम गर्ने एकजना दक्षिण कोरियालीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
१८ फेब्रुअरीमा दक्षिण कोरियामा एउटा चर्चबाट यो भाइरस अत्यधिक मात्रामा फैलियो । अहिले दक्षिण कोरियामा नौ हजार ६ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने एक सय ५८ जनाले ज्यान गुमाएका छन् ।
इरान
इरान पनि कोरोना भाइरसबाट अत्यधिक प्रभावित मुलुकमध्येको एक हो । इरानमा पहिलोपटक १९ फेब्रुअरी ९७ फागुन० मा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ताजा अवस्थामा इरानमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको पाँच भने दुई हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
भारत
भारतमा पहिलोपटक ३० जनवरी ९१६ माघ० मा चीनको वुहानबाट आएका दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । अहिले भारतमा एक हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने २९ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपाल
नेपालमा पहिलोपटक चीनबाट यात्रा गरेर आएका एक व्यक्तिमा २४ जनवरी ९१० माघ० मा कोरोना संक्रमण देखिएको थियो । ती व्यक्तिको उपचार भइसकेको छ । यसबाहेक फ्रान्सबाट कतार हुँदै आएकी युवती, साउदी अरेबियाबाट आएका एक अर्का व्यक्ति, दुबई र बेल्जियमबाट आएका गरी पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।