• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकाली सिँचाइ आयोजना तेस्रो चरण, कामको गति बढाउन निर्देशन

 धनगढी,१४ साउन । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसँग जोडिएका आयोजना यो सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले बजेट कम आएको छ भन्ने नसोच्नुस्, काम र खर्चको गति बढाउनुहोस्, बजेटको चिन्ता नगर्नुहोस् भनी आग्रह गर्नुभयो । मन्त्री खड्काले भन्नुभयो, “निर्माणाधीन नहरमा पानी सञ्चालन गर्न पनि धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउनु पर्‍यो, पानी लिनेदिने कुरामा समस्या छैन ।”

सोमबार निर्माणाधीन नहरको अवलोकन गरेपछि राति ९ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय पुगेका उहाँले कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको टिम र सरोकारवालालाई राखेर यस्तो बताउनुभएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका कार्यालय प्रमुख डा. योगेन्द्र मिश्रले प्रस्तुत गर्नुभएको कार्ययोजनामा तीन वर्षमा पूरा गर्ने भनिएको कामलाई सकभर एक वर्ष नभए डेढ वर्षमा सक्ने गरी लाग्न उहाँले निर्देशन दिनुभयो । “तपाईंले तीन वर्षमा सक्ने भनेर प्रस्तुत गरेको देख्दा केही सानो विवाद आउँदा सोझै पाँच वर्ष लाग्ने देखिन्छ, जसले लागत पनि बढ्छ, मुआब्जा विवादलाई चाँडो समाधान गरेर द्रुत गतिमा काम अगाडि बढाउनु पर्‍यो ।”

बनेको नहरमा पानी बगाउन जरुरी 

पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने गरेर काम भइसकेको हुँदा बनेको नहरमा पानी सञ्चालन गरेर किसानलाई सुविधा दिनमा ढिलाइ गर्न नहुने कार्यालय प्रमुख मिश्रको भनाइ छ । “संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहरबाट यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्, पानी छोड्न सक्यो भने सिँचाइका साथसाथै नहरको संरक्षणसमेत हुने छ,” कार्यालय प्रमुख मिश्रले भन्नुभयो, “थप काम गर्न र किसानलाई सम्झाइबुझाइ गर्नसमेत सजिलो हुन्छ, बनेको ठाउँमा पानी चलाउन नसक्दा किसानले जग्गा दिन आनाकानी गर्ने, पानी ठेगान नभएको भन्दै किसान हर्षित नहुने समस्या छ ।” पानी सञ्चालन गर्न पहल गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो ।

टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो । सो नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन । टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) ले पानी छाड्न नमानेको कार्यालय प्रमुख मिश्रले बताउनुभयो । एनएचपिसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ । “दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौँ भन्ने जवाफ एनएचपिसीका कर्मचारीले दिने गरेका छन्,” उहाँले भन्नुभयो ।

भ्रमणबाट आस 

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । आगामी भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । सो भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाउन सके नेपालले महाकाली सन्धि अनुसारको पानी महाकाली नदीबाट पाउने छ तर यस विषयमा मन्त्री खड्काले भने केही बोल्नुभएन ।

नहरमा पानी सञ्चालन हुन सके निर्माण कम्पनीलाई पनि कामको गति बढाउन दबाब पुग्ने आयोजना निर्देशक मिश्र बताउनुहुन्छ । “अहिले जग्गा अधिग्रहण गर्दा पनि बनेको नहरमा पानी आएको छैन भन्ने जवाफ आउँछ,” उहाँले भन्नुभयो, “नहरमा पानी सञ्चालन हुन सकेमा खेतमा सिँचाइ हुने आसमा यी समस्याको समाधान पनि हुने थियो ।”

“यहाँ जग्गाको मुख्य समस्या छ, यहाँका नागरिकले मुआब्जा रकम बढी दाबी गर्ने गरेका छन्, नहर बनाउनुपर्ने स्थानमा ऐलानी जग्गा छ, मुक्त कमैयाको जग्गा छ,” उहाँले भन्नुभयो, “जग्गा र वनको समस्याले आयोजनाको काममा ढिलाइ हुँदै आएको छ ।” आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुवातदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निमार्णले गति लिएको थियो ।

लक्ष्य अनुसार मुल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ । आयोजनाका अनुसार हालसम्म नौ अर्ब ३० करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब दुई अर्ब बजेट विनियोजन भएको छ ।

कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार आठ सय हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार आठ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको थप ३५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने छ ।

बुधबार, साउन १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.