• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बार्जुकोट भ्युटावर निर्माण अलपत्र

 धनगढी,७ साउन ।बाजुरामा पर्यटकीय क्षेत्रको रुपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोट भ्युटावर अलपत्र परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिक स्तर उन्नती गर्ने उद्देश्यले निर्माण गरिएको बार्जुकोट भ्युटावर निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०७७-७८ सालमा निर्माण कार्य सुरु गरिएको बार्जुकोट भ्युटावरको काममा लापरबाही भएपछि अहिले त्यो अलपत्र परेको हो । पर्यटकीय क्षेत्रको रुपमा रहेको सो टावर निर्माणको काम सम्पन्न नहुँदा अलपत्र रहेको बुढीगङ्गा नगरपालिका –४ का स्थानीय रामचन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो टावरभन्दा त यहाँ रहेको पहिलाको दरबारलाई नै निर्माण गरिदिएको भए बरु त्यसमा अहिले वयोवृद्ध युवायुवतीहरु हेर्नेका लागि आउने जाने गथ्र्ये । त्यसलाई सङ्ग्राहलयको रुपमा पनि लिन सिकन्थ्यो । ”

यो काम न काजको भ्युटावर निर्माण गरेपछि अहिले यहाँका किशोर किशोरीहरु यसमा आएर मदिरा र धूमपान सेवन गर्ने गरेको गिरीले बताउनुभयो । टावर निर्माण गरेपनि त्यसको काम सम्पन्न हुनु पर्ने हो । तर यो ठड्याउने काम मात्र भयो । लामो समय देखि काम सम्पन्न भएन ।

टावर सञ्चालनमा नल्याउँदा कतिपयका लागि अहिले यो गलत क्रियाकलाप गर्ने ठाउँको रुपमा रहेको छ । अहिले यो टावरमा १५ देखि २५ वर्ष उमेरका केटाकेटी बिहान, दिउँसो र रातिसम्म जाँडरक्सी लगायत धूमपान तथा मद्यपान गरेर त्यहीँ समय बिताउने गर्छन् ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालन गर्ने विषयमा कसैले चाँसो लिएका छैनन् । यता टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताउनुभयो ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७/७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो ।

ऐतिहासिक तथा पुरातत्वको दृष्टिकोणले महत्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७-७८ मा ३५ लाख र आव २०७८-७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको समितिका सचिव डम्मर रावत बताउनुभयो ।

उहाँले भन्नुभयो, “टावर निर्माण उपभोक्ता समितिले उक्त रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिए पनि ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।’’

रकम अपुग भएका कारण टावर निर्माण अलपत्र परेको हो । निर्माणको काम रोकिएपछि झ्यालढोका तोडफोड गरेका छन् । त्यसको रेखेदेख तथा सुरक्षा गर्न पनि बजेट नभएको अवस्था छ । स्थानीयवासीको ७५ प्रतिशत लगानीमा टावर निर्माण गर्नुपर्ने अवस्था आएको समितिका सचिव रावतले बताउनुभयो । आव २०५८-५९ सालमा सशस्त्र द्वन्द्वको बेला नेकपा माओवादी पक्षबाट भत्काइएको बार्जुकोट दरबारमा भ्युटावर निर्माण गर्नुभन्दा दरबार नै निर्माण गरिदिएको भए राम्रो हुने तथा सङग्रालय बनाउन सहज हुने थियो ।

भ्युटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा विकृति बढ्दै गएको र अहिले बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो स्थानीयवासीको छ । आर्थिक वर्ष २०७७-७८ सालको योजनाहरुमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धानको टोलीबाट छानबिन भइरहेको डिभिजन वन कार्यालय बाजुराका सुचना अधिकारी सुभाष ऐडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “योजनाको त्यो बेला सुरु गरिएका सबै योजनाको काम कमसल भएको समाचारमा आएपछि अहिले उनीहरुको धरौटी रोकिएका छन् ।” योजनाको काम कमसल भयो भनेर अख्तियारले फाइल नै तानेपछि अहिले त्यो बेलाका सबै योजनाको  धरौटी रोकिएको सुचना अधिकारी ऐडीले बताउनुभयो ।

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.