• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कामधेनु गौशालालाई डेढ लाख आर्थिक सहयोग

 धनगढी,५ साउन । कामधेनु गौशालालाई डेढ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । आर्थिक समस्यामा रहेको साँफेबगर नगरपालिका– १० घुघुरकोटको विशाल बजारमा रहेको कामधेनु गौशालालाई आर्थिक सहयोग गरिएको हो । मदन बाबा भक्ति केन्द्रमा आबद्ध रहेका भक्तजनहरुले गौशालालाई आर्थिक सहयोग गरेका हुन् ।

असार ३० गते देखि साउन २ गतेसम्म आयोजना भएको १४ औं साधना शिविरमा सहभागी भएका भक्तजनहरुले एक लाख ६२ हजारदुई सय ११ रुपियाँ आर्थिक सहयोग गरेको कामधेनु गौशालाका अध्यक्ष मोहनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उक्त गौशालालाई सबैभन्दा वढी मदन बाबा भक्ति केन्द्र बाँकेका उपाध्यक्ष राधा शाहले २१ हजार एक सय ११ रुपियाँ सहयोग गर्नुभएको छ । परम उद्धारकर्ता सङ्कट मोचन स्वरुप सद्गुरु मदन बाबाको विशेष पहलमा उक्त रकम सङ्कलन भएको हो । यस्तै साँफेबगर नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर कुँवरले गौशालालाई २२ हजार एक रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उक्त गौशालालाई सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

परम उद्धारकर्ता सङ्कट मोचनस्वरुप सदगुरु मदन बाबाले गौमाता धर्तीकी निर्माता भएकाले सबैले सेवा गर्नुपर्नेमा जोड दिनुभयो । गौमाताको संरक्षण पालनपोषण गरेमा विद्यमान रोग, दोष, विध्न बाधाबाट मुक्ति प्राप्त गर्न सकिने उहाँको भनाइ छ । आगामी दिनमा पनि कामधेनु गौशालालाई सहयोग हुने जानकारी दिनुभयो ।

कामधेनु गौशालाका अध्यक्ष कुँवरले भक्तजनहरुबाट भएको सहयोगले गौमातालाई खानेकुरादेखि हेरालाको लागि खर्चको जोहो भएको जानकारी दिनुभयो । उहाँले सबै सहयोगी मनलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

गौशालामा संरक्षण गरिएका गाईहरुलाई उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । गौशाला व्यवस्थित रुपमा सञ्चालनका निम्ति प्रयासहरु जारी छ । स्थानीय ६४ वर्षीया डम्बरबहादुर महताले सञ्चालन गरेको गौसंरक्षण अभियानका अहिले थुप्रै व्यक्तिहरु जोडिएका छन् ।

अछामी नौमुठे गाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले साँफेबगर नगरपालिका– १० घुघुरकोटमा कामधेनु गौशाला तथा नौमुठे गाई प्रवर्धन संरक्षण केन्द्रको स्थापना गरिएको छ । हाल उक्त गौशालामा १ साँढे, ३ वटा बाच्छा र ११ वटा गाई गरेर १५ वटा गाई रहेको समितिका महासचिव ध्रुवराज भण्डारीले जानकारी दिनुभयो । महासचिव भण्डारीका अनुसार यो गाईको दूध निकै पोसिलो हुन्छ र यो गाईलाई दिइने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ ।

भण्डारीले भन्नुभयो, ‘‘यो गाईलाई राम्रोसँग स्याहारसुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ । गाईको दूध निकै पोसिलो हुन्छ । एक सय ५० किलो तौल भएको यो गाईले दुईदेखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै बढी हो ।’’

यो गाई भीरपाखामा बाख्रा जसरी सहजै चर्न सक्ने र थोरै लागतमा पाल्न सकिने उहाँले बताउनुभयो । यो गाईमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्वले परिपूर्ण भएको मानिन्छ । यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रुपमा पनि लिइन्छ ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.