• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कञ्चनपुरको पुनर्वासमा शसस्त्र प्रहरीकै संरक्षणमा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

कञ्चनपुर, ५ साउन /  सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली भारतसँग सीमा जोडिएका जिल्ला हरु हुन, खुल्ला सिमानाका कारण यस क्षेत्रमा विभिन्न किसिमका तस्करीका गतिविधि भइरहेका हुन्छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि आठ वटा वडाहरू भारतीय सीमा सँग जोडिएका छन् । पुनर्वास नगरपालिका ४ को आपताल र पुनर्वास नगरपालिका ६ पुनर्वास बीओपी क्षेत्र सबैभन्दा तस्करीको क्षेत्रका रुपमा चिन्न सकिन्छ ।

यी नाकाहरूबाट तस्करहरूलाई विभिन्न समय तोकी निर्धक्क रुपमा तस्करी गराउनका लागी बीओपीका इन्चार्जहरू सक्रिय छन् तर सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउँदै गरेका मालसामनमा भने कडाई गरी चोर शैलीमा नियन्त्रण गर्ने सशस्त्र प्रहरीको नियति देखिएको छ ।

पुनर्वास बीओपीमा आजभन्दा चार महिना पहिले इन्सपेक्टर नवराज शाहीले नेतृत्व सम्हाले । नेतृत्व सम्हालेको केही समय उहाँको सक्रियता निकै बढी देखियो । उनले थुप्रै मालसामान नियन्त्रण गरी भन्सार पनि बुझाए । नेतृत्वको एक महिना पुरा नहुँदै महिनौ भरि मालसामान भारतबाट ओसार पसार गर्ने एक तस्करको मालसामान सहित एक थान नेपाली मोटरसाइकल नियन्त्रणमा लिन सफल भए । एक दुई दिनपछि बीओपीमा राखिएको उक्त मोटरसाइकल व्यावहारिकता देखाउँदै गुपचुपमा सशस्त्रका इन्सपेक्टर शाहीले छाडेको बीओपीमै कार्यरत एक जना सशस्त्र जवानले जानकारी दिए ।

उनले अहिलेसम्मको चार महिने अवधिमा कसैलाई कारबाही गर्ने त कसैलाई छुट गर्ने नियति देखाउँदै आएका थिए । इन्सपेक्टर शाही यतिसम्म गर्थे आफ्नै ड्युटीमा खटिएका सशस्त्रबाट तस्करहरूलाई भगाउन लगाई माल सामान बेवारिसे नियन्त्रण भन्दै आफ्नो माथिल्लो निकायलाई सूचना दिन्थे ।

यो चार महिना अवधिमा तस्करहरूसँग साँठगाँठमा इन्सपेक्टर शाही अछुत भने थिएनन् । उनले संरक्षण गरेकै तस्करहरूले दैनिकै हार्डवेयरका सामान, कुखुरा, मार्बल, डिउ, अण्डा लगायतका मालसामानहरू नेपाली बजारमा निर्धक्क भित्र्याउँथे ।

ओसारपसार गर्ने तस्करहरूबाट आर्थिक लाभ लिन आफ्सना सशस्त्र प्रहरी खटाई असुली गरी उनीहरुलाई निर्धक्क तस्करी गराउँनमा भित्रभित्रै इन्सपेक्टर शाही माहिर थिए ।

उनले आफूलाई पुनर्वास क्षेत्रकै सशस्त्रका बहादुर इन्स्पेक्टरका रुपमा मान्छन । उनको शैली तस्करहरूसँग सम्बन्ध जोगाउने र सर्वसाधारणलाई कारबाही गरी तर्साउने गरेको देखिन्छ । यस्तै शैली सर्वसाधारण प्रति पुनर्वास बीओपीका इन्चार्ज शाहीले आइतबार साँझ देखाएका छन् । उनले घरायसी प्रयोजनका लागि सशस्त्र प्रहरीलाई नै सोधेर ल्याएको फ्रिज पुनर्वास नगरपालिका ४ लोहनी चोक नजिकबाट नियन्त्रण गरे ।

उनले से. ६ प. ५३६९ नम्बरको गल्यामर मोटरसाइकल सहित फ्रिज नियन्त्रणमा त लिए । मोटरसाइकल सहितको फ्रिज कार्यालयनै नल्याई चोर शैलीमा केही समय गुमनाम बनाए । मोटरसाइकल धनी मोटरसाइकलको खोजी गर्दै रातिको समयमा बीओपी पुनर्वास पुगी गेटमा ड्युटीमा रहेका सशस्त्रलाई आफ्नो समस्या बताउँदा कार्यालयमा कुनै पनि मोटरसाइकल नियन्त्रण गरी कार्यालयमा नल्याएको जानकारी पाउँछन् । त्यसपछि इन्स्पेक्टर शाहीले प्रयोग गर्ने कार्यालयको नम्बरमा (९८५१२५९२०२) फोन गर्दा फोन स्विच अफ गरिएको थियो । रातिको १० भन्दा बढी बजिसकेको थियो । उनीहरू पुनर्वास बिओपीकै गेटमा थिए । उनीहरूलाई गेट प्रवेशमा पनि रोक लगाइयो । त्यहाँ आफ्नो मोटरसाइकल र फ्रिज नल्याएको भन्ने जानकारी पाउँदा कहाँ कुन सशस्त्रले नियन्त्रणमा लगेको हो भन्ने विषयले उनीहरूलाई थप पीडा बनायो ।

केही समय पछि इन्स्पेक्टर शाहीले फोन स्विच अफ खोले । फोनमा कुरा हुँदा मालसामान नियन्त्रण गरिसकेको विषय एसपी साहबलाई जाहेर भईसकेको भन्दै अब आफूबाट सहयोग गर्न नसक्ने बताए ।

मालसामान नियन्त्रणपछि पुनर्वास बीओपीका इन्चार्ज शाहीले फोन स्विच अफ गर्नु, मोटरसाइकलको जानकारी लिन कार्यालयमै जाँदा पनि नपाउनु जस्ता गतिविधिले सशस्त्र प्रहरीको चोर शैली प्रष्ट खुलेको छ ।

सीमाबाट दैनिकै धेरै मात्रामा अवैध मालसामान, पेय पदार्थ, ब्रोइलर कुखुरा, अण्डा लगायतका अखाद्य वस्तु पुनर्वासका बजारमा भित्रिरहेका हुन्छन् ।

सीमामा हुने अवैध गतिविधि नियन्त्रण र सीमा रक्षाका लागि राखिएका सशस्त्र प्रहरीहरूले बेलाबखतमा केही मात्रामा अवैध मालसामान नियन्त्रण गरी देखाए पनि त्यसको कैयौँ गुणा सशस्त्र प्रहरीले नै तस्कर गराउँदै आएको सिमाबस्तीका स्थानीयहरू बताउँछन् ।

सीमा बस्तीका स्थानीयहरू भन्छन्, “रातभरि भारतबाट मालसामान ओसार्ने तस्करहरूको मेला जस्तै हुन्छ । त्यतिबेला सशस्त्र प्रहरीहरुकै संरक्षणमा मालसामान तस्कर हुने गर्छ नत्र त यति खुला नहुनुपर्ने हो ।“

पुनर्वास बीओपीका इन्चार्ज शाहीले भारतबाट मालसामान ओसारपोसार गर्ने भारतीय तस्करबाट प्रति तस्कर १० हजारका दरले र तामाङ महिलाहरूको टिमबाट १५ सयका दरले असुल्ने गरेको एक तस्करले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन् । पुनर्वास नगरपालिकामा मात्रै सशस्त्र प्रहरीका सातवटा बीओपी छन् । जसमा सबैभन्दा बढी तस्करी हुने क्षेत्रका रूपमा पुनर्वास बिओपी ,आमताल , कारगिल डाँडा,थापा चोक र आसपासका क्षेत्रहरू रहेका छन् ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.