• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

बैतडीमा बारीमै कुहिन थाल्यो आलु

 धनगढी,५ साउन ।  आलुले उचित मूल्य र बजार नपाएपछि भूमिराजको रुइसेनी र धारुडीगाउँका किसानले फलााएको चार सय क्विन्टलभन्दा बढी आलु बारीमै कुहिन थालेको छ । बैतडीको पुर्चौडी नगरपालिका–६, भूमिराजगाउँका ८० परिवार किसानले फलाएको रातो र सेतो आलु बिक्री नहुँदा गोठमा थन्क्याएर राखिएको छ । 

कतिपय किसानको आलु त बारीमै कुहिन थालेको स्थानीय किसान तेजबहादुर विष्टले बताउनुभयो । उहाँले गाउँको स्थानीय बजारमा प्रतिकिलो २० रुपियाँमा पनि आलु बिक्री नभएको बताउनुभयो । आलु बैतडीकै मुख्य बजारसम्म पु¥याउन ग्रामीण सडक बर्खामा अवरुद्ध भएको उहाँले बताउनुभयो । स्थानीय सरकारले अवरुद्ध भएको ग्रामीण सडक सफा गरिदिए बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बित्थड पु¥याएर जिल्लाबाहिर बिक्री गर्न सकिने सम्भावना रहेको किसानले बताएका छन् । यद्यपि स्थानीय सरकारले ग्रमीण सडक खुलाउन कुनै चासो नदिएको किसानको गुनासो छ ।

भूमिराजको रुइसेनी र धारुडीगाउँका किसान व्यावसायिक आलु खेतीमा लागे पनि उत्पादित आलु बारीमै कुहिन थालेपछि ठुलो घाटा बेहोर्नु परेको रुइसेनीगाउँका अगुवा किसान ध्वजबहादुर विष्टले बताउनुभयो । खच्चडमै भए पनि बजारसम्म आलु ढुवानीको व्यवस्था मिलाइदिन अर्का किसान रणबहादुर विष्टले माग गर्नुभयो ।

बर्खे सिजनमा यहाँका किसान परम्परागत खेतीका रूपमा मकै लगाउँदै आए पनि पछिल्लो समय आलु खेती गर्दै आएका छन् । हिउँदमा समस्या नभए पनि हरे वर्ष बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा आलुले बजार नपाउँदा निराश भएको मानबहादुर विष्टले बताउनुभयो । स्थानीय सरकार गठन भई नगरपालिका बनेको आठ वर्ष बितिसक्दा पनि गाउँमा अहिलेसम्म गतिलो सडक, बाटोघाटो र बिजुलीबत्ती नपुगेको स्थानीय युवा तेजबहादुर विष्टले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “किसानको गुनासो लगेर नगरपालिका धाए पनि कुनै सुनुवाइ भएन ।”

किसानले उत्पादन गरेको आलु बजारसम्म कसरी पु¥याउन सकिन्छ भन्नेबारेमा छलफल भइरहेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिका जोड्ने मुख्य हाट सडकखण्ड सुचारु गरिए पनि वडाका ग्रामीण सडक पानी परेका बेला सफा गर्न सम्भव हुन सकेको छैन । तैपनि किसानको आलु बजारसम्म पु¥याउने विषयमा छलफल गरेर टुङ्गो लगाउँछौँ ।” बैतडीमा रातो र सेतो गरी आठ सय हेक्टरमा आलु खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँले यस वर्ष समयमै पानी परेकाले आलु उत्पादन राम्रो भए पनि केही ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा बजारसम्म पु¥याउन किसानलाई समस्या भएको बताउनुभयो ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.