• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केहीको कमजोरी सम्पुर्ण पत्रकारितामा खोज्ने 

हामी पत्रकार 

कुनै समयमा पत्रकार शब्द आफैमा सर्व श्रेष्ठ र सम्मानित थियो । समय फेरिएको छ । आज किन पत्रकार भन्दा सबैले मन मारेर बोल्छन् , किन भन्छन जाबो पत्रकार रे ? थप्दै झन भनि हाल्छन् कुनै झोले त होला ? किन नजर फेरियो, यसरी किन हेरेका होलान पत्रकारलाई, के यसमा पत्रकार नै दोषी हुन् त ? कतै एकको कमजोरी पुरै पत्रकारितामा त खोजिएको छैन? यस्ता सयौं प्रश्न जवाफ विहीन बनेका छन् ।

आज कुनै एक जनाले गरेको गल्तीको शिकार समग्र पत्रकारिता नै भएको छ । गल्ती गर्नेले सजाय भोग्नु पर्छ यसमा कुनै दुई मत छैन तर गल्ती बिना पनि सम्रग क्षेत्र नै खराब भएको अभिव्यक्ति आइरहँदा नयाँ पुस्तालाई के सिकाउदै छौं भन्ने बारे पनि हेक्का राख्नु पर्ने बेला आएको छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न पाउनु पर्छ, तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार पनि संरक्षण गर्नु पर्छ भन्ने कुरा हामीलाई कस्ले सिकाइ दिने ?

राम्रो लेख्ने , बोल्ने, पढ्नेलाई नजर अन्दाज गर्ने हामीहरु, झोले उपनाम दिने हामीहरु , पत्रुकार नाम दिने हामीहरु, अलि चर्काे बोलेको , घुमाउरो लेखेको मात्रै खोज्ने हामीहरु अनि त्यसको सजाय पत्रकारलाई दिने ? म सबै राम्रो छन त कदापि भन्दैन तर म यो अवश्य भन्छु सबै खराब मात्रै छैनन् । जब सबै पाठक सही गलत छुट्याउने हुन्छन् । तब लेखककोे बाध्यता हुन्छ थप परिष्कृत बिषयको उठान गर्नु , तर सबै रङ्गमञ्चमै सिमित रहे पछि किन लेखकले मात्रै एक तर्फी मेहनत गर्ने ;  कदापि गर्दैन आजको समयमा भएको यहीँ हो ।

“हामी कसैले छुट्याउन सकेनौ को हो युटुबर, को हो टिकटकर , को समाजिक सञ्जाल प्रयोगकर्ता र को हो पत्रकार र पत्रकारिता ; सबैलाई एउटै ठाउँमा राखेर त्यहीं नजरले हेर्दा आज यो अवस्था आएको हो । “

कसैले सोधेको छ पत्रकारको समस्या , कसैले बुझेको छ पत्रकारको भावना पक्कै पनि छैन । तर हेर्नुस पत्रकार सबैको समस्या लेख्छ , बोल्छ र सुनाउछ । म यो त भन्दैन सबै निस्वार्थ काम गर्छन, तर कति धेरै पत्रकार कुनै स्वार्थ नलिई काम पनि गरेकै छन् । तपाईले जागिर गरेर निश्चित समय पछि विदामा बस्नु पर्छ । तर हेर पत्रकारले निरन्तरता नदिए पनि समस्याको उठान गरी रहेकै हुन्छ । तर कस्तो बिडम्बना त्यहीं पत्रकार र त्यही पत्रकारिता यत्रतत्र अपमानित भएका छन् । हामी अपमान गर्न लालाहित छौं ।

तपाईको भाषामा पत्रकार पागल हुन । साच्चिकै म पनि यो अभिव्यक्तिलाई स्विाकार गर्न तत्पर छु । किन कि म पनि एक पागल हुँ । आफुले न के पाउनु छ , न के लिनु छ तर हेर सारा समय दिएको छ । कस्को लागि सायद तपाईले दिएको यही उपमाको लागि होला झोले, पत्रुकार , पुत्रकार , यावत छन् ।

यति लेखी रहँदा म कुनै विशेषज्ञ भने पक्कै हैन । तर आफ्नो कमजोरी नदेख्ने, अरुलाई मात्रै दोष दिने प्रवृत्तिका विरुद्ध भने म पक्कै छु । पत्रकारलाई मात्रै एकतर्फी तथानाम गाली नगरौं आफुलाई पनि चिनौं म को हुँ भनेर …..!

शनिबार, असार २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.