काठमाडौं १५ असार / ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।
कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाए । बलिङमा बिपिनले ७.३ ओभरमा १२ रन मात्र दिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको थियो ।