फुलबारी १३ चैत/ धनगढी उपमहानगरपालिका १८ नुक्लिपुरका एक बृद्धलाई कुकुरले टोक्दा मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ का कालुराम चौधरी हुन् ।
उनलाई एक महिना पहिले फुलबारी गाउँमै बहुला कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि केही दिन ढिलो गरि अस्पताल लगेपछि संक्रमण धेरै भएपछि उपचार सम्भव नभएर घर फिर्ता पठाएको फुलबारीका स्थानिय काँग्रेस नेता लक्ष्मी देबकोटाले जानकारी दिएका छन् ।
