धनगढी, १२ चैत/ कोरोना भाईरसको महाविपत्तीबाट सुरक्षित रहन धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा सामग्री बितरण गरिएको छ ।
जाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा न्यु उपदेश युवा क्लवको सहकार्यमा पाँच सय पचास घरलाई साबुन र जनचेतना मुलक सामाग्री बितरण गरिएको न्यु उपदेश युवा क्लवकी कोषाध्यक्ष शुसिला चौधरीले जानकारी दिईन् ।
गाँउमा रहेका सबैलाई सुरक्षित घरमै बस्न आग्रह गर्दै कोरोना भाईरसबाट सुक्षित रहने बिधी पनि गाउलेलाई सिकाउदै अभियन सम्पन्न गरेको क्लवकी कोषाध्यक्ष चौधरीले जानकारी दिईन् ।
जाली सामुदायिक वन उपभोक्ता समुहको आर्थिक कोषाबाट समुहका पदाधिकारी र न्यु उपदेश युवा क्लवका युवाहरुको संयुक्त रुपमा उक्त अभियान गरी सबै घरमा दुइ पिसका दरले साबुन प्रदान गरेको जाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए ।
आफ्ना समुदायक वनका उपभोक्ताको सुरक्षा गर्न केही पनि तयार छौ भन्ने सन्देश दिन पनि जनचेतना मुलक अभियन गरेको समुहका सहसचिव डिल्लाराज पाठकले जानकारी दिए ।




