धनगढी, ११ जेठ / धनगढीका नगर प्रहरीले दादागिरी शैलीमा गएर भन्सार कार्यालयका प्रमुख अन्नत प्रसाद तिमिल्सिनालाई कुटपिट गरेका छन् । भन्सार कार्यालय सँगैको आवासमा बस्ने प्रमुख निरीक्षणको लागि बाहिर गएका बेला नगर प्रहरीको गाडी पनि यति राति कहाँबाट आयो भनेर जानकारी लिन खोज्दा नगरप्रहरीको जङ्गो टोलीले दूव्र्यवहार गर्न सुरु गरेको कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
आफु कार्यालय प्रमुख रहेको जानकारी गराउदा समेत मेरै पछि पछि आएर दादागिरी शैलीमा सरकारी गाडी निरीक्षण गर्ने भन्दै हातपात गरेको उनले भने, उनले मदिरा खाएको भनि लगाएको आरोप सरासर मिथ्या हो । म न्युरोको समस्या भएको बिरामी हुँ, मलाई हरेक समयमा औषधी सेवनले गर्दा लठ्ठ बनाएको हुन्छ , आवाज पनि काप्दै आउने गर्छ हिजो पनि यस्तै भएको उनले बताए ।
सिसिटिभि फुटेज नआउदा सम्म नगर प्रहरीले हातपात नगरेको भन्दै आएका थिए, तर अब उक्त अभिब्यक्ति समेत झुटो प्रमाणित भएको छ । आफ्नो अधिकार क्षेत्र भित्रै नपर्ने भान्सार कार्यालय भित्र रातिको समयमा कार्यालय प्रमुखलाई हातपात गर्नु सोभनीय नभएको आधिकारी ट्रेड युनियनका अध्यक्ष बिमल प्रकाश जोशीले बताए । कर्मचारी संगठनहरुले छिटो भन्दा छिटो दोषीलाई कार्वाही हुनु पर्ने माग राखेका छन् ।
कार्वाहीको लागि नगर प्रहरी विरुद्ध उजुरी आएको छ , त्यसै अनुसार अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नगर प्रहरीले भन्सार कार्यालय प्रमुखलाई हातपात गर्दा सर्वसाधारणलाई सास्ती
नगर प्रहरीले गरेको गल्तीको सजाय आम नागरीकले खेप्नु परेको छ । भन्सारका कर्मचारीहरुले सबै कामकाज ठप्प गर्दा सर्वसाधारण मारमा परेका हुन् । बिहान देखि भन्सार नहुँदा भारतीय गाडीहरु भन्सार मै अड्केका छन् । अत्याधिक गर्मीको समयमा आफुहरुले बिना गल्तीको सजाय भोग्नु परेको गुनासो गरिरहेका छन् ।