धनगढी, ४ बैशाख/कैलालीको चुरे ४ जगाति बाजुरगडामा समयमै सिचाई नहर सम्पन्न गरेको भन्दै स्थानीयले उपभोक्ता समितिलाई सम्मान गरेको छ । जलस्रोत तथा सिचाई डिभिजन कार्यालयबाट ३५ लाख रकमको ८ सय ३५ मिटर लम्बाई सिचाई नहर निर्माण भएको हो । कुल रकमको तिन प्रतिशत कन्सलटेन्जी कट्टा हुने गरी २० प्रतिशत श्रमदानमा नहर निर्माण भएको हो ।
स्थानीय हेम बिष्टको अध्यक्षतामा बाजुरगडा सिचाई जल उपभोक्ता समितिको उपाध्यक्ष भिमसरादेवी सापकोटा, सचिव गोविन्द नेपाली र कोषाध्यक्ष गौरीदेवी नेपाली रहेका छन् । भडार खोलाबाट ल्याएको सिचाई नहरको कुल लम्बाई ६ किलोमिटर रहेको छ ।
एक सय ४० घरधुरी भएको बाजुरगडामा १२ सय रोपनीमा सिचाई सुबिधा पुग्ने नहर अहिले ८ सय ३५ मिटर लम्बाई नहर सम्पन्न भएको छ । परम्परागत तरिकाले सिचाई गरिरहेका स्थानीय पक्की नहर बनेपछि लाभान्वित भएको स्थानीयले खुशी भएका छन् । २०८१ फागुन २९ गते सम्झौता भएर २०८२ जेठ १५ गते सम्पन्न गर्ने सिचाई नहर समय सिमा भन्दा पहिले जेठ तिन गते नै सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष हेम बिष्टले जानकारी दिए ।