धनगढी, २ वैशाख / बैतडी जिल्लाको सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले एकलौटी कार्यक्रम गर्ने गरेको आरोप लागेको छ। आज गाउँपालिकाले अध्यक्षसँग जनता कार्यक्रम सूचना बिना नै गरेको प्रति अधिकांश स्थानीय युवाहरु आक्रोशित बनेका छन्।
गाउँपालिकामा विगतदेखि एकलौटी निर्णय र कार्यक्रम गर्दै आएका अध्यक्षले अधिक कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरालाई समेत जानकारी नगर्ने गरेको बुझिएको छ।बिना सूचना सुर्नया गाउँपालिकाले गरेको जनतासँग अध्यक्ष कार्यक्रम बारे स्थानीय युवा राजन भट्टले भने एमाले निकटका मगाएर जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको प्रति आपत्ति जनाउँदै जनतासँग अध्यक्ष कार्यक्रम हो कि एमालेसँग अध्यक्ष कार्यक्रम हो यसबारे आफु गम्भी रहेको जानकारी दिए।
अर्का युवा धर्मसिंह महराले भने एक जना पत्रकार बोलाएर मात्रै जनतासँग अध्यक्ष कार्यक्रम हुने भए ठिकै छ । कार्यक्रमको नाम जनतासँग अध्यक्ष कार्यक्रममा जनता नै नहुनु कतिको उपयुक्त हो सबैले मनन गर्नुपर्नेमा समेत उनले जोड दिए।यता सूर्नया गाउँपालिकाका सूचना अधिकारी प्रकाश साउदलाई जानकारी लिन खोज्दा केही थाहा नभएको बताए। उनले भने आफू गाउँपालिकामा गएर बसिराख्छुस खासै कुनै जिम्मेवारी दिएको छैन् यसैले सूचनाबारे आफूलाई कुनै जानकारी नभएको उनले जिकिर गरे। यसबारेमा अध्यक्ष कुँवरसँग जानकारी लिन खोज्दा आफू कार्यक्रममा रहेको र पछि जानकारी दिने भन्दै फोन काटे ।
यता स्थानीय युवाहरू भने अब अध्यक्षको एकलौटीपन सहन नसक्ने बताइरहेका छन्। गाउँपालिकाको यावत क्षेत्रमा चरम असन्तुष्टि र निरासाबाहेक केही नभएको समेत स्थानीय युवा बलदेव महराले दाबी गरेका छन्। सुर्नया गाउँपालिकाले लघु उद्यम सिलाई कार्यक्रममा , युवा रोजगार सिपमूलक ड्राइभिङ र गाउँपालिकामा एक नमुना नर्सरी बगैँचा कार्यक्रममा समेत कुनै सूचना नखुलाई आफ्ना आसेपासेलाई भर्ना गरेको आरोप युवाहरुले लगाएका छन्।